मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

अपि पावरको नाफामा उछाल, ६८९ प्रतिशतले बढ्यो

मंगलबार, वैशाख ३० २०८२
अपि पावरको नाफामा उछाल, ६८९ प्रतिशतले बढ्यो

काठमाडौं- अपि पावर कम्पनी लिमिटेडको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उच्च दरमा बढेको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ३५ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६८९ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। विद्युत बिक्री आम्दानी बढेसँगै कम्पनीको खुद नाफा पनि बढ्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी २५.७७ प्रतिशत बढेको छ। त्यस्तै, कम्पनीको कुल नाफा १८.४७ प्रतिशत बढेको छ भने अन्य आम्दानी १ हजार २९९.५४ प्रतिशत बढेको छ। कम्पनीको सञ्चालन मुनाफा समीक्षा अवधिमा ७०.१३ प्रतिशत बढेको छ।

कम्पनीको प्रतिसेयर आम्दानी पनि उल्लेख्य बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ६ रुपैयाँ ७२ पैसा बढेर ७ रुपैयाँ ७६ पैसा पुगेको छ। चैत मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ ८५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३५.२० गुणा रहेको छ।

६ अर्ब ७ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको अन्य इक्विटी भने ५९ करोड ८५ लाख रुपैयाँ रहेको छ।


प्रकाशित : मंगलबार, वैशाख ३० २०८२११:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend