बिहीबार , चैत २८ गते २०८१    
बिहीबार , चैत २८ २०८१
images
images

क्यासिनोको चुक्ता पुँजी २५ करोडबाट बढाएर १ अर्ब बनाउने तयारी

images
मंगलबार, फागुन ३ २०७८
images
images
क्यासिनोको चुक्ता पुँजी २५ करोडबाट बढाएर १ अर्ब  बनाउने तयारी
images
images

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले क्यासिनो सञ्चालनको लाइसेन्स लिन चाहिने पुँजी रकम चार गुणा बढाउने तयारी गरेको छ।

images
images

मन्त्रालयको निर्देशनमा पर्यटन विभमगले म्क्सिनो नियमावली २०७० को पाँचौँ संशोधन गर्दै क्यासिनो सञ्चालन गर्ने कम्पनीको चुक्ता पुँजी बढाउने तयारी गरेको हो। विभागले क्यासिनो नियमावी २०७० लाई संशोधन गर्दै पाँच तारे होटलमा क्यासिनो सञ्चालनका लागि लाइसेन्स लिन एक अर्ब र मिनिक्यासिनो सञ्चालनका लागि ५० करोड रूपैयाँ चुक्ता पुँजी पुराउने गरी तयारी भए‍क‍ो जनाएको छ।

images
images

क्यासिनो नियमावली २०७० को नियम ६ मा अहिले क्यासिनो सञ्चालनका लागि २५ करोड रूपैयाँ चुक्ता पुँजी हुनुपर्ने भए पनि आधुनिक मेसिन तथा उपकरणको माध्यमबाट खेलाइने खेलको हकमा १५ करोड रूपैयाँ चुक्ता पुँजी हुने पर्ने व्यवस्था छ।

images
images

यसलाई संशोधन गर्दै क्यासिनो सञ्चालनका लागि एक अर्ब र आधुनिक मेसिन तथा उपकरणको माध्यमबाट खेलाइने खेलको हकमा ५० करोड चुक्ता पुँजी हुनपर्ने व्यवस्था गर्न लागिएको हो। 


प्रकाशित : मंगलबार, फागुन ३ २०७८१६:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend