मंगलबार, वैशाख ३० गते २०८२    
मंगलबार, वैशाख ३० २०८२
images
images

चितवनको चौकीडाँडा-कबिलासडाँडा प्याराग्लाइडिङ बन्द, फेरि कहिले आउँछ सञ्चालनमा?

images
सोमबार, वैशाख २९ २०८२
images
चितवनको चौकीडाँडा-कबिलासडाँडा प्याराग्लाइडिङ बन्द, फेरि कहिले आउँछ सञ्चालनमा?

प्याराग्लाइडिङ बन्द भएसँगै त्यस क्षेत्रमा रमाउन जाने पर्यटक उल्लेख्य संख्यामा घट्नेक्रम सुरु भएपछि स्थानीयबासी चिन्तित देखिन्छिन्। दुई वर्षअघिको वैशाखमा सुरु भएको प्लाराग्लाइडिङ करिब तीन महिना चलेर बन्द भएको हो।

images
images

चितवन- चितवनको चौकीडाँडमा सुरु गरिएको ‘प्याराग्लाइडिङ’ बन्द भएको छ। ‘प्याराग्लाइडिङ स्टेशन’सम्म पुग्ने सडक बिग्रिएपछि चालु अवस्थामा रहेको प्याराग्लाइडिङ बन्द भएको हो। चितवनको भरतपुर महानगरपालिका-२९ चौकीडाँडादेखि कबिलासडाँडासम्म साहसिक खेलका रूपमा सञ्चालनमा आएको प्याराग्लाइडिङ उडान बन्द भएको हो।

images
images
images

प्याराग्लाइडिङ बन्द भएसँगै त्यस क्षेत्रमा रमाउन जाने पर्यटक उल्लेख्य संख्यामा घट्नेक्रम सुरु भएपछि स्थानीयबासी चिन्तित देखिन्छिन्। दुई वर्षअघिको वैशाखमा सुरु भएको प्लाराग्लाइडिङ करिब तीन महिना चलेर बन्द भएको हो। हिमालयन फ्रन्टियर्स प्याराग्लाइडिङका अध्यक्ष विजय घले स्टेशनसम्म पुग्ने सडक सहज नभएपछि पर्यटकको अभवामा प्याराग्लाइडिङ बन्द गरेको बताउँछन्।

images
images

चौकीडाँडास्थित ‘स्टेशन’ स्थलसम्म जाने सडकको अवस्था सहज नभएकाले तत्कालका लागि उडान बन्द गरिएको उनको भनाइ छ। अहिले सो सडक निर्माणाधीन र स्टेशन क्षेत्र आसपासमा होटलहरु निर्माण गर्ने काम धमाधम भइरहेको छ। जसले गर्दा केही समयका लागि उडान बन्द गरिएको हो। ‘सडक बिग्रेर स्टेशनसम्म जान समस्या भएको, चौकीडाँडामा अन्य संरचना निर्माण गर्ने काम भइरहेको, बाटो बनेपछि सम्भवत आगामी देसैंदेखि प्याराग्लाइडिङ सञ्चालनमा ल्याउँछौँ’ अध्यक्ष घलेले भने। 

images
images

भरतपुर महानगरको भ्रमण वर्ष-२०२४ लाई लक्षित गरी पर्यटन प्रबर्द्धनमा सहयोग पुर्‍याउने उद्देश्यले सञ्चालन गरिएको प्याराग्लाइडिङ चौकीडाँडाको दुई स्थानबाट गर्न सकिन्छ। ३० करोड रुपैयाँ लगानीसहित १२ वटा प्याराग्लाइडिङको व्यवस्था छ। समुुद्री सतहबाट १ हजार ५० मिटर उचाइमा रहेको चौकीडाँडा र ५८० मिटर उचाइको कबिलासबाट ‘टेकअफ’ गराउने र अवतरण  त्रिशूली नदी किनार गर्ने व्यवस्था मिलाइएको छ।

उडान अवधि २० देखि ३० मिनेट रहेको सो प्याराग्लाइडिङका क्रममा नजिकैको देवघाट आसपासका रमणीयस्थलको दृश्यावलोकनसहित भरपुर आनन्द लिन सकिने बताइएको छ। भरतपुर महानगरापालिका वडा नम्बर २९ का अध्यक्ष सूर्यबहादुर गुरुङले पर्यटकीय हिसाबले सम्भावना बोकेको चौकीडाँडा र कबिलासडाँडामा प्याराग्लाइडिङ सञ्चालनमा आउँदा स्थानीय जनता हर्षित भएको, व्यापार व्यवसायसहित चहलपहल बढेको बताए।

साथै  स्थानीयले रोजगारी पाएको, जग्गाको मूल्य वृद्धि भएको उल्लेख गर्दै छिटोभन्दा छिटो प्याराग्लाइडिङ सञ्चालन गर्न सम्बद्ध पक्षको ध्यानाकर्षणसमेत गराएका छन्। वडा अध्यक्ष गुरुङले पर्यटन प्रबद्र्धनमा सहयोग पु¥याउने उद्देश्यले निजी क्षेत्रबाट सुरु भएको सो प्याराग्लाइडिङ सञ्चालनका लागि आवश्यक सहजीकरण गर्न स्थानीय सरकार तयार रहेको जानकारी दिए। रासस 


प्रकाशित : सोमबार, वैशाख २९ २०८२१७:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend