शुक्रबार, वैशाख १४ गते २०८१    
images
images

एक वर्षदेखि रनरका मोटरसाइकल आयात ठप्प

२२ डिलरमध्ये ४ वटा बन्द

images
images
images
एक वर्षदेखि रनरका मोटरसाइकल आयात ठप्प

कम्पनीले २०१७ मा बंगालादेशी कम्पनी रनर अटोमोबाइल्सको उत्पादन रनर मोटरसाइकल आधिकारिक रुपमा ल्याएको थियो।

images
images

काठमाडौं- बंगालादेशी मोटरसाइकल कम्पनी रनरका मोटरसाइकल करिब १४ महिनादेखि आयात ठप्प रहेको छ। २०२० को नोभेम्बरयता रनरका मोटरसाइकल नेपाल भित्रिएका छैनन्। 

images
images
images

रनर मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता रमन मोटर्स रहेको छ। रमन जनरल अन्तर्गत रमन कन्स्ट्रक्सन, रमन मोटर्सलगायत कम्पनी रहेका छन्। कम्पनीले २०१७ मा बंगालादेशी कम्पनी रनर अटोमोबाइल्सको उत्पादन रनर मोटरसाइकल आधिकारिक रुपमा ल्याएको थियो।  

images

रमन मोटर्सले रनरका मोटरसाइकल देशभर विस्तार गर्न स्थानीय डिलरको संख्या बढाउँदै लगेको थियो। तर पछिल्लो सयम कोरोना महामारी लगायत कारण आयातकर्ता र स्थानीय डिलरबीच मतैक्यता नहुँदा डिलर ४ वटा डिलर बन्द भइरहेका छन्। त्यस्तै अन्य डिलरले आयातकर्ताबाट मोटरसाइकल तथा स्कुटर लगेका छैनन्। 

images

रमन मोटर्स र रनर अटोमोबाइल्स बंगालादेशबीच समेत उत्पादित मोटरसाइकलका बारेमा विवाद हुँदा यो समस्या आएको कम्पनी उच्च स्रोतले बिजनेस न्युजलाई बतायो। ‘विवाद सुरु हुनुको कारण, नेपाल आउने मोटरसाइकलमा केही परिमार्जन गर्न रनरलाई भनियो,’ स्रोतले भन्यो, ‘तर उत्पादक कम्पनीले भनेअनुसार काम नगरेकाले समस्या आएको हो। यसमा कोरोनाले मलजल पुर्‍यायो।’  

images
images

raman.jpg

रनरका विभिन्न ९ वटा मोडल यसअघि नेपालमा आयात हुँदै आएको थियो। रनरका मोटरसाइकलले राम्रो बजार विस्तार गरिरहेको अवस्थामा कोरोनाले केही असहजता ल्याएको रनर मोटरसाइकलको आधिकारिक बिक्रेता रमन मोटर्सका जीएम विनोद थापाले बताए। ‘बाहिर आएजस्तो कुरा होइन। कोरोनाले हामीलाई अप्ठेरो अवस्थामा पुर्‍याएको हो,’ थापाले भने, ‘सबै कुरा व्यवस्थापन गर्दै छौं। हामीले डिलरलाई पनि व्यवसाय निरन्तरताको आग्रह गरेका छौं, केही समयपछि व्यवसाय निरन्तर हुन्छ।’ 

२०२० को अन्तिमदेखि मोटरसाइकल आयात नभएको कुरा भने सत्य भएको थापाले बताए। परिस्थिति सामान्य हुँदै गएकाले अब मोटरसाइकल व्यवसाय पहिलेकै अवस्थामा काम गर्ने उनको भनाइ छ।

हाल नेपालमा रनरका करिब १ सय ५० वटा मोटरसाइकल स्टकमा रहेका छन्। रमन मोटर्स अहिले उक्त मोटरसाइकल स्टक क्लियरेन्सको गर्न लागि गरेको छ। रमन मोटर्सका अध्यक्ष रमन महतो रनरका माोटरसाइलक आयातको निरन्तरताको विषयमा छलफलमा रहेका छन्।

रनर अटोमोबाइल्स लिमिटेड कम्पनी बंगालादेशमा २००० मा स्थापना भएको हो। स्थापनाको २२ वर्ष पुग्दा कम्पनीले बंगालादेशमा १ सय सीसीसम्मका मोटरसाइकलमा एक छत्र व्यवसाय गरिरहेको छ। रनरले २०११ मा औपचारिक रुपमा मोटरसाइकल उत्पादकको मान्यता पाएको थियो। भलुकामा रहेको रनरको प्लान्टले वार्षिक १ लाख मोटरसाइकल उत्पादन क्षमता राख्छ। 

२०२१ मा रनर अटोमोबाइल्सले बंगालादेशमा दैनिक औषत १ हजार ५ सय वटा मोटरसाइकल बिक्री गर्न सफल भएको थियो। रनरले बंगालादेशमा स्कुटर सहित १५ वटा मोडलका मोटरसाइकल उत्पादन गर्दै आएको छ। त्यस्तै रनरले बंगालादेशका लागि ८० सीसीदेखि १ सय ६५ सीसीका मोटरसाइकल तथा स्कुटर उत्पादन गर्दै आएको छ भने निर्यात प्रयोजनका लागि २ सय सीसीसम्मका मोटरसाइकल बनाउँदै आएको छ।  

रनर अटोमोबाइल्सले २०१७ देखि नेपाल तथा भुटानमा दुईपांग्रे निर्यात गर्दै आएको छ। रनर एउटा मात्र ब्रान्ड हो जसले ५ सय सीसीसम्म इन्जिन क्षमताका मोटरसाइकल उत्पादन गर्ने अनुमति पाएको छ। विदेश निर्यातको गर्ने कम्पनीको पोर्टफोलियोमा नेपाल बलियो स्थानमा छ। नेपालसँगको सम्बन्ध रनर आफै पनि बिगार्न नचाहेको देखिन्छ।  

रनरले बंगालादेशमा अमेरिकी ब्रान्ड यूएमको समेत उत्पादन अनुमति पाएको छ भने इटालीयन ब्रान्ड भेस्पा र अप्रिलिया तथा केटीएमको आधिकारिक बिक्रेता रहेको छ।

images

प्रकाशित : शुक्रबार, माघ २८ २०७८०४:५८

प्रतिक्रिया दिनुहोस