शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

एचआईडीसीएलको सेयर मूल्य 'अन्डरभ्यालु' भएकै हो? यस्तो छ कम्पनीको वित्तीय विश्लेषण

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, माघ २६ २०७८
images
एचआईडीसीएलको सेयर मूल्य 'अन्डरभ्यालु' भएकै हो? यस्तो छ कम्पनीको वित्तीय विश्लेषण
images
images

काठमाडौं- मंगलबार समग्र सेयर बजार घट्दा हाइड्राइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को सेयर मूल्य पनि घटेको छ। तर एचआईडीसीएलको सेयर मूल्य अन्डर भ्यालु भएको दाबी विश्लेषकहरू गर्छन्।

images
images
images

एचआईडीसीएलको सेयर मूल्य अझै माथि जाने प्राविधिक विश्लेषणमा पनि देखिन्छ। मंगलबार कम्पनी प्रतिकित्ता ३४० रुपैयाँमा कारोबार हुदाँ १० रुपैयाँले घटेको थियो। केही दिनदेखि भने लगातार बढीरहेको सेयर मूल्य मंगलबार भने घटेको हो।

images
images

मंगलबार ८ लाख ६२ हजार कित्ता खरिद बिक्री हुँदा ३० करोड १२ लाख रुपैयाँको कारोबार भएको छ। कम्पनी धेरै काराेबार हुने सूचीकाे पाचाैं नम्बरमा रहेकाे थियाे।

images
images
hidcl.PNG

एचआईडीसीएलको सेयरमा पछिल्लो समय लगानीकर्ता झुम्मिनुको कारण नेपाल राष्ट्र बैंकले कम्पनीलाई वित्तीय संस्थाको मान्यता दिइसकेको छ। एचआईडीसीएललाई वित्तीय संस्थाको मान्यता दिइसकेकोले पनि सेयर मूल्य बढ्दै जाने अनुमान गरिएको छ। 

बैंक तथा वित्तीय संस्थाको ऋण असुली ऐन, २०५८ (संशोधनसहित) को दफा ३ (घ) बमोजिम वित्तीय संस्थाको मान्यता दिइएको थियो।नेपालको ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि सरकारले सो संस्था स्थापना गरेको हो। कम्पनीले विभिन्न जलविद्युत् आयोजनामा लगानी गरेको छ भने रेमिट हाइड्रोका नाममा दुई जलविद्युत् आयोजना निर्माणको प्रक्रिया सुरु गरेको छ। संस्थाको कूल पुँजी २३ अर्ब ७६ रूपैयाँ बराबर छ। कम्पनीले गतवर्ष हकप्रद दिएको थियो।

यता कम्पनीको बजार पुँजीकरण ८० अर्ब ७८ करोड रुपैयाँ गरेको छ। कम्पनीले सेयरधनीलाई गतवर्षको नाफाबाट ८.४२ प्रतिशत लाभांश दिएको थियो। चालु वर्षको पहिलो तीन महिनामा २१ करोड १२ लाख खुद नाफा कमाएको थियो। भने दोस्रो त्रैमासमा पनि उत्कृष्ट नाफासँगै आगामी वर्ष राम्रो नाफा दिने अनुमान गरिएकोले पनि सेयर लगानीकर्तामा आकर्षण बढेको देखिन्छ। 


प्रकाशित : बुधबार, माघ २६ २०७८०१:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend