सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

नाइमाले आयोजना गर्न लागेको नेपाल मोबिलिटी एक्स्पोको ९० प्रतिशत स्टल बुक, बुकिङको अन्तिम समय सोमबार

images
आइतबार, वैशाख २८ २०८२
images
नाइमाले आयोजना गर्न लागेको नेपाल मोबिलिटी एक्स्पोको ९० प्रतिशत स्टल बुक, बुकिङको अन्तिम समय सोमबार

प्रदर्शनीमा सहभागिताको लागि स्टल वैशाख २२ देखि बुकिङ खोलिएको र २९ गते (सन् २०२५ मे ५ देखि मे १२) अर्थात भोली सोमबारसम्म बुकिङ गर्न सकिने छ।

images
images

काठमाडौं- नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन नाइमाले आगामी साउन २१ गतेदेखि २५ गतेसम्म आयोजना गर्न लागेको ‘नेपाल मोबिलिटी एक्स्पो २०२५’ को ९० प्रतिशत स्टल बुक भएको छ। 

images
images
images

स्टल बुक गर्ने अन्तिम मिति भोलि सोमबारसम्म रहेकाे छ। काठमाडौंको भृकुटीमण्डपमा सम्पूर्ण अटोमोबाइल क्षेत्रलाई समेट्ने गरी व्यवस्थित तथा भव्य अटोमोबाइल प्रदर्शनी गर्ने बताएको नाइमाले एक दिन बाँकी हुँदा ९० प्रतिशत स्टल बुक भएको र अब १० प्रतिशतमात्र बुक हुन बाँकी रहेकाे छ। 

images
images

उक्त प्रदर्शनीले सम्पूर्ण अटोमोबाइल क्षेत्रका निर्माता डिलर, डिस्ट्रिब्युटर, उपभोक्ता, अवलोकनकर्ता तथा यस क्षेत्रमा सरोकार राख्ने सम्पूर्णमा नयाँ सकारात्मक दृष्टिकोण तथा ऊर्जा प्रदान गर्ने विश्वास नाइमाले दिलाएको छ। 

images
images

साथै अटोमोबाइल क्षेत्रमा समय समयमा भइरहने परिवर्तनका लागि नीति निर्माता, अटो क्षेत्रका विज्ञ, उद्योगीहरुलाई एउटै ठाउँमा सहभागी गराइ अटोमोटिभ प्रविधि, डिजाइन र दिगोपनमा भएका नवीनतम प्रविधि प्रदर्शन गर्ने दाबी नाइमाको छ। 

प्रदर्शनीमा सहभागिताको लागि स्टल बैशाख २२ देखि बुकिङ खोलिएको र २९ गते (सन् २०२५ मे ५ देखि मे १२) अर्थात भोली सोमबारसम्म बुकिङ गर्न सकिने छ। इच्छुक कम्पनीहरूले बुकिङ फारममा आफ्नो आवश्यकता भर्न सक्नेछन् र अन्तिम स्टल बाँडफाँट पारदर्शी लटरी प्रणाली मार्फत गरिनेछ। 

दुई र चार पांग्रे सवारीसाधन तथा हलुका व्यावसायिक सवारी साधनका लागि छुट्टाछुट्टै हलहरू नराखी प्रदर्शकले आफ्नो ठाउँ र स्थानको आवश्यकताअनुसार कुनै पनि स्टल रोज्न सक्ने व्यवस्था गरिएको छ।  

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) देशको मोबिलिटी क्षेत्रमा साझा मञ्चको रूपमा कार्य गर्नेछ। यसले रणनीतिक सहकार्य, विकास र नीति निर्माणमा सबै सरोकारवालाको आवाजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रतिनिधित्व गर्नेछ।

यसै वर्ष औपचारिक रुपमा गठन भएको नाइमाले पहिलो वर्ष नै मोबिलिटी एक्सपो गर्न लागेको हो। विगतमा हुँदै आएको भन्दा पृथक र भव्य मीबिलिटी शो हुने दाबी नाइमाले गरेकाे छ। 


प्रकाशित : आइतबार, वैशाख २८ २०८२१७:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend