मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

३१ महिनायताकै न्यून बिन्दुमा आयो मुद्रास्फीति

आइतबार, वैशाख २८ २०८२
३१ महिनायताकै न्यून बिन्दुमा आयो मुद्रास्फीति

काठमाडौं- चालु आर्थिक वर्षको चैत महिनामा उपभोक्तामा आधारित मुद्रास्फीति ३.३९ प्रतिशतमा आएको छ। जुन विगत ३१ महिनायताकै न्यून हो।

यसअघि आर्थिक वर्ष २०७८/७९ को भदौमा यस्तो मुद्रास्फीति ३.४९ प्रतिशत रहेको थियो। उक्त वर्ष भदौपछि निरन्तररुपमा महँगी बढ्दै गएको थियो। उक्त वर्ष औषत उपभोक्तामा आधारित मुद्रास्फीति ६.३२ प्रतिशत कायम भएको थियो।

यस्तै आर्थिक वर्ष २०७९/८० मा नेपालको औषत मुद्रास्फीति ७.७४ प्रतिशत र गत आर्थिक वर्ष ५.४४ प्रतिशत मुद्रास्फिति कायम भएको थियो। 

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा औषत मुद्रास्फिति ४.५७ कायम भएको छ। यस वर्षको साउनमा ४.०९ प्रतिशत, भदौमा ३.८६ प्रतिशत, असोजमा ४.८२ प्रतिशत, कात्तिकमा ५.६० प्रतिशत, मंसिरमा ६.०५ प्रतिशत, पुसमा ५.४१ प्रतिशत, माघमा ४.१६ प्रतिशत, फागुनमा ३.७५ प्रतिशत र चैतमा ३.३९ प्रतिशत मुद्रास्फीति कायम भएको छ। 


प्रकाशित : आइतबार, वैशाख २८ २०८२१७:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend