मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

चैतमा भित्रियो १ खर्ब ४० अर्ब रुपैयाँ रेमिट्यान्स

आइतबार, वैशाख २८ २०८२
चैतमा भित्रियो १ खर्ब ४० अर्ब रुपैयाँ रेमिट्यान्स

काठमाडौं- चालु आर्थिक वर्षको चैत महिनामा १ खर्ब ४० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ।

फागुनमा अहिलेसम्मकै उच्च १ खर्ब ५१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो। फागुनपछि असोजमा उक्त समयसम्मको सर्वाधिक १ खर्ब ४४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो। 

चालु आवको ९ महिनामा रेमिट्यान्स १० प्रतिशतले बढ्दै कुल ११ खर्ब ९१ अर्ब रुपैयाँ भित्रिएको छ। अघिल्लो वर्षको यसै अवधिमा रेमिट्यान्स १७.२ प्रतिशतले बढेको थियो। फागुन मसान्तसम्ममा १० खर्ब ५१ अर्ब रुपैयाँ कुल रेमिट्यान्स भित्रिएको थियो।  

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या २ लाख ५८ हजार र पुन: श्रम स्वीकृति लिनेको संख्या २ लाख ४९ रहेको राष्ट्र बैंकले जनाएको छ। 


प्रकाशित : आइतबार, वैशाख २८ २०८२१७:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend