शनिबार, असोज ५ गते २०८१    
images
images

राष्ट्र बैंकको सन्देश: क्रिप्टोकरेन्सी र नेटवर्किङले अर्थतन्त्र र जनजीवनलाई चुनौति दिँदैछ 

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, माघ २५ २०७८
images
images
राष्ट्र बैंकको सन्देश: क्रिप्टोकरेन्सी र नेटवर्किङले अर्थतन्त्र र जनजीवनलाई चुनौति दिँदैछ 

नेपालमा गैरकानूनी भएकाले मात्र नभइ यसको प्रकृति नै गैर नियमन भएकाले धेरै सचेत रहन केन्द्रीय बैंकले आग्रह गरेको छ। 

images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी र नेटवर्किङ मार्केटिङले गर्दा अर्थव्यवस्था र जनजीवन नै प्रभावित हुने खतरा रहेको निष्कर्ष निकालेको छ। 

images
images
images

पछिल्लो समय नेपालमा पनि नेटवर्किङ मार्केटिङ र क्रिप्टो कारोबार बढ्दै गएको छ। यसरी कारोबार बढ्दै जाँदा एक सार्वजनिक सन्देश जारी गर्दै यी कारोबारले देशको अर्थतन्त्र मात्र नभएर लगानी गर्नेहरुको लगानी पनि जोखिममा पर्नसक्ने भन्दै सचेत गराएको छ। 

नेपालमा गैरकानूनी भएकाले मात्र नभइ यसको प्रकृति नै गैर नियमन भएकाले धेरै सचेत रहन केन्द्रीय बैंकले आग्रह गरेको छ। 

क्रिप्टो र नेटवर्किङ मार्केटिङ कसरी चुनौतिपूर्ण छ भनेर राष्ट्र बैंकले यस्ता आधार दिएको छ: 

images

१ सम्पत्ति शुद्धीकरण तथा आतवादी क्रियाकलापमा लगानीसम्बन्धी जोखिम

क्रिप्टोकरेन्सीको कारोबारमा सम्पत्ति शुद्धीकरण तथा आतङकारी क्रियाकलापमा लगानीसम्बन्धी उच्च जोखिम हुने देखिन्छ । 
क्रिप्टोकरेन्सीको कारोबारबाट सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा लगानीसम्बन्धी जोखिम बारे एफएटीएफले जुन २०१४ मा नै प्रतिवेदन प्रकाशन गरेको थियो, जसमा एनोमिटी, सेगमेन्टेसन अफ सर्भिस डिसेन्ट्रलाइज्ड सिस्टम आदिनबाट  जोखिम हुने ओल्याइएको छ

२ ठगी तथा कर छली
क्रिप्टोकरेन्सीको प्रयोगबाट अवैधानिक क्रियाकलाप, विशेष गरी ठगी तथा कर छली लगायतका कार्य हुन सक्ने देखिन्छ फाइननान्सियल स्टेबिलिटी इन्सिच्युटको अप्रिल २०२१ को प्रतिवेदनमा उल्लेख भएअनुसार एउटा निजी फर्मको अनुसन्धानले सन् २०२० मा अपराधिक बिटक्वाइ ठेगनाबाट मात्र अमेरिकी डलर ३.५ अर्ब पठाएको देखिन्छ नेटवर्किङ मार्केटिङको व्यवसायबाट पनि अवैधानिक आर्थिक क्रियाकलाप बढेर जाँदा सरकारी राजस्वमा नकारात्मक असर पर्ने देखिन्छ ।

३ वित्तीय ग्राहक सुरक्षा मा चुनोती: 
क्रिप्टोकरेन्सीको कारोबारबाट उपभोक्ता संरक्षणमा  पनि असर गर्ने देखिन्छ । नेपालजस्तो वित्तीय साक्षरता कम भएका मुलुकमा वित्तीय सेवाका उपभोक्ताहरू असुरक्षित हुने बढी सम्भावना रहन्छ ।

४ पुँजी ललायनको नियमनमा चुनौती:

क्रिप्टोकरेन्सीको प्रयोगबाट पुँजी पलायनको नियमनमा पनि असर गर्ने देखिन्छ । नेपाल जस्तो सीमित पुँजी भएको र स्वदेशी पुजी विदेश लैजान बन्देज लगाइएको मुलुकमा  क्रिप्टोकरेन्सी मार्फत पुँजी पलायन हुनबाट जोगाउनु नै मुख्य चुनौती रहेको देखिन्छ । यसै गरी, नवीन प्रविधिको सहयोगमा अर्को  अन्तरदेशीय रूपमा सञ्चालित नेटवर्किङ मार्केटिङ व्यवसायबाट अवैधानिक माध्यम वा हुण्डीमार्फत पैसा विदेशिने र पुँजी पलायन हुन सक्ने देखिन्छ ।

५ वित्तीय स्थायित्व मा असर: 

क्रिप्टोकरेन्सीको बढ्दो प्रयोगबाट समस्त वित्तीय स्थायित्वमा नै असर पर्ने देखिन्छ । अन्तर्राष्ट्रिय मुद्रा कोषले अक्टोबर २०२१ मा जारी गरेको ग्लोबल फाइनान्सियल स्टेबिलिटी रिपोर्टमा क्रिप्टोकरेन्सीलाई विश्वव्यापी वित्तीय स्थायित्वको तीन वटा प्रमुख चुनौतीमध्येको एक भनेर उल्लेख गरिएको छ ।

६ मौद्रिक नीतिमा असर: 
क्रिप्टोकरेन्सी निजी क्षेत्रबाट सञ्चालित हुने भएको र केन्द्रीय बैंकको नियन्त्रणबाहिर भएकोले यसको व्यापक प्रयोग भएमा मुद्रा प्रदायमा गणना नभई मौद्रिक नीतिको प्रभावकारितामा असर पर्न सक्ने देखिन्छ ।

७ विदेशी मुद्राको सञ्चितिमा नकारात्मक प्रभाव पार्ने:

क्रिप्टोकरेन्सीको कारोबार / लगानी तथा नेटवर्किङ व्यवसायबाट पुँजी पलायन हुन सक्ने र विदेशमा रहेका नेपालीबाट नेपाल आउन सक्ने विप्रेषण विदेशमे लगानी हुन सक्ने भएकोले विदेशी सञ्चितिमा समेत नक रात्मक प्रभाव पर्न सक्ने देखिन्छ ।

८ क्रिप्टोकरेन्सी तथा यससँग सम्बन्धित कोषमा लगानी गर्ने तथा नेटवर्किङ मार्केटिङमा आबद्ध हुने जस्ता क्रियाकलापमा युवा जनशक्ति आकर्षित हुन सक्ने भएकोले युवावस्थामै अवैधानिक आर्थिक क्रियाकलापमा संलग्न हुँदा व्यक्तिगत जीवन र मुलुकको आर्थिक सामाजिक व्यवस्थामा समेत नकारात्मक असर पर्ने देखिन्छ ।

के हो क्रिप्टो? यसका जोखिम के छन्? यसको कानूनी व्यवस्था के छ? राष्ट्र बैंकको पूर्ण सन्देश 


प्रकाशित : मंगलबार, माघ २५ २०७८१२:२८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend