मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

चालुखाता २ खर्ब १० अर्ब रुपैयाँले बचतमा, १४.२ महिनाको आयात धान्न पर्याप्त सञ्चिति

आइतबार, वैशाख २८ २०८२
चालुखाता २ खर्ब १० अर्ब रुपैयाँले बचतमा, १४.२ महिनाको आयात धान्न पर्याप्त सञ्चिति

गएको चैत महिनामा मात्रै करिब १ खर्ब ४० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। यस अवधिमा कुल ११ खर्ब ९१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ।

काठमाडौं- अर्थतन्त्रले अपेक्षित गति लिन नसक्दा मुलुकको बाह्य क्षेत्र बलियो अवस्थामा रहँदै आएको छ। चालु आर्थिक वर्षको ९ महिनामा पनि यस्तै अवस्था देखिएको छ।

अर्थतन्त्र विस्तार हुन नसक्दा संकुचित आयात र बढ्दो रेमिट्यान्सका कारण मुलुको बाह्य क्षेत्र सुविधाजनक अवस्थामा रहेको हो।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको ९ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै  शोधान्तर बचत ३ खर्ब ४६ अर्ब रुपैयाँले बचतमा रहेको तथ्यांक सार्वजनिक गरेको छ। यस अवधिमा चालु खाता २ खर्ब १० अर्ब २२ करोड रुपैयाँले बचतमा रहेको छ।

नेपालजस्तो आयातमा आधारित अर्थतन्त्रमा चालु खाता अधिक बचतमा हुनु राम्रो मानिँदैन। विगत दुई वर्षयता निरन्तररुपमा नेपालको चालु खाता बचतमा रहेको छ। 

गत आर्थिक वर्षको यसै अवधिमा चालुखाता १ खर्ब ७९ अर्ब रुपैयाँ र शोधनान्तर स्थिति ३ खर्ब ६५ अर्ब रुपैयाँले बचतमा रहेको थियो। 

चालु आर्थिक वर्षको ९ महिनामा विदेशी विनियम सञ्चिति १५.४ प्रतिशतले बढेर १७ अर्ब ६३ करोड डलर कायम भएको छ। यस्तो सञ्चितिले १७.१ महिनाको वस्तु  र १४.२ महिनाको वस्तु तथा सेवा आयात गर्न पर्याप्त रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ।

गएको चैत महिनामा मात्रै करिब १ खर्ब ४० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। यस अवधिमा कुल ११ खर्ब ९१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ।

चैत मसान्तसम्ममा आयात १२.२ प्रतिशत र निर्यात ६५.२ प्रतिशतले बढेको छ। यस अवधिमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ३.३९ प्रतिशत रहेको छ।


प्रकाशित : आइतबार, वैशाख २८ २०८२१७:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend