मंगलबार, वैशाख ३० गते २०८२    
मंगलबार, वैशाख ३० २०८२
images
images

कर्मचारीले बैठकमा काम गर्छु भनेर गफ गर्ने तर परिणाम नदेखिने प्रवृत्ति राम्रो भएन : उपप्रधानमन्त्री सिंह

images
आइतबार, वैशाख २८ २०८२
images
कर्मचारीले बैठकमा काम गर्छु भनेर गफ गर्ने तर परिणाम नदेखिने प्रवृत्ति राम्रो भएन : उपप्रधानमन्त्री सिंह

सम्पन्न गर्न सकिने आयोजनाहरूको काममा कुनै पनि बहानामा ढिलाइ नगर्न सचेत गराएको मन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ।

images
images

काठमाडौं- उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले मातहतका विभागलाई चालू आर्थिक वर्षका जारी आयोजना टुंगोमा पुग्ने गरी काम गर्न निर्देशन दिएका छन्। आइतबार मन्त्रालय मातहत रहेका विभाग र आयोजना प्रमुखहरूसँग चालू आर्थिक वर्षका कामबारेको समीक्षा बैठकमा उनले त्यस्तो निर्देशन दिएका हुन्।

images
images
images

साथै सम्पन्न गर्न सकिने आयोजनाहरूको काममा कुनै पनि बहानामा ढिलाइ नगर्न सचेत गराएको मन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ। कुनैपनि आयोजनामा केही समस्या भए त्यसलाई समाधानका लागि सहरी विकास मन्त्रालयले समन्वय गर्ने तर काममा ढिलाई स्वीकार्य नहुने प्रष्ट पारेका छन्।

images
images

‘अब कुनै पनि बहाना चल्दैन, जनताले डेलिभरी चाहेका छन् हामीले डेलिभरी दिनैपर्छ। काममा कहाँ-कहाँ समस्या छ? समाधानका लागि मन्त्रालयको तहबाट गर्ने समन्वय हुन्छ’ उपप्रधानमन्त्री सिंहले भने, ‘कामहरू सन्तोषजनक देखिएको छैन, कामको गति बढाउनुस्।

images
images

आयोजनाहरू छिटो छिटो सम्पन्न गरौँ।’ गत शुक्रबार बसेको समीक्षा बैठकमा उपप्रधानमन्त्री सिंहले विभाग प्रमुखहरूलाई ३ दिनभित्र कामको गति बढाउने लिखित कार्ययोजनासहित आउन भनेका थिए। आज विभागिय प्रमुखहरूले आफ्नो कार्यालयले प्राप्त गरेको उपलब्धि र चालू कामबारे जानकारी गराएका थिए। प्रमुखहरुले अहिले कामको प्रगति कम देखिएपनि अब गति बढाउने बताएका छन्।

बैठकमा गफ गर्ने तर परिणाम ननिस्कने प्रवृत्ति राम्रो नभएको भन्दै उपप्रधानमन्त्री सिंहले समिक्षा बैठकमा भएकाकुराहरुलाई गम्भीरताका साथ पालना गर्न पुनः सचेत गराएका छन्। सहरी विकास मन्त्री सिंहले मन्त्रायल र मातहतका विभागबाट हुने काम समयमै सक्ने गरी गर्नुपर्नेमा जोड दिँदै आएका छन्।


प्रकाशित : आइतबार, वैशाख २८ २०८२१७:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend