मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

लगानीकर्तामा देखिएन विश्वास, ओरालोतिर सेयर बजार

आइतबार, वैशाख २८ २०८२
लगानीकर्तामा देखिएन विश्वास, ओरालोतिर सेयर बजार

काठमाडौं- गएको साता समग्रमा ३७.९२ अंकले बढेको सेयर बजार यो साता पहिलो कारोबारमा ओरालोतिर लागेको छ। गएको साता केही सुधार देखिए पनि लगानीकर्ता विश्वस्त हुन नसक्दा उतारचढावबीच बजार ओरालोतर्फ नै बढी देखिन्छ।   

गएको साता आइतबार र सोमबार घटेर मंगलबार र बुधबार बढेको बजार साताको अन्तिम कारोबारमा बिहीबार ओरालोतर्फै लागेको थियो। गतसाता आइतबार ३.३४ अंकले घटेको बजार सोमबार पनि ९.९८ अंकले घटेको थियो। मंगलबार १.०३ र बुधबार ६२.२५ अंकले बढेको बजार बिहीबार १२.०४ अंकले घटेको थियो। 

यो साता पहिलो कारोबारमा आइतबार १२.५३ अंकले घटेर बजार २६४९.११ बिन्दुमा झरेको छ। ८२ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा १० अर्ब २० करोड २७ लाख रुपैयाँको कारोबार भएको छ। आइतबार १६४ कम्पनीको सेयर मूल्य घटेको छ। 

सेयर बजार नयाँ उचाइमा जाने लगानीकर्ताको अपेक्षा लामो समयदेखि थाती भइरहेको छ। पर्ख र हेरको सोचमा रहेका लगानीकर्ताहरूले बजारको स्थायी सुधारका लागि राजनीतिक र नीतिगत स्थिरता चाहने विश्लेषकहरू बताउँछन्।


प्रकाशित : आइतबार, वैशाख २८ २०८२१५:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend