शनिबार, असोज ५ गते २०८१    
images
images

आयातित वस्तुमा शतप्रतिशत नगद मार्जिन राख्ने सर्तमा चेम्बरको विरोध

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, माघ २५ २०७८
images
images
आयातित वस्तुमा शतप्रतिशत नगद मार्जिन राख्ने सर्तमा चेम्बरको विरोध

आयातित वस्तुमा शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने भन्दै आएको विषयप्रति नेपाल चेम्बर अफ कमर्सले विरोध जनाएको छ।

images
images

काठमाडौं- आयातित वस्तुमा शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने भन्दै आएको विषयप्रति नेपाल चेम्बर अफ कमर्सले विरोध जनाएको छ। कोभिड १९ को महामारीले मुलुकको अर्थतन्त्रलाई आक्रान्त बनाईरहेका बेला व्यवसायिक गतिविधिलाई असर गर्नेगरि आयातित केही वस्तुमा शतप्रतिशत मार्जिन लगाउने व्यवस्थाको नेपाल चेम्बर अफ कमर्सले विरोध गरेको छ।

images
images
images

कमर्सले राष्ट्र बैंकको ध्यानकर्षण समेत गराइरहेको विषयमा पुनः एलसी खोल्दा शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्थाले व्यवसायीलाई समस्या भएको र बैंक तथा वित्तिय संस्थालाई मात्रै फाइदा पुग्ने भन्दै विरोध जनाएको छ।

आयातलाई व्यवस्थित गरि निर्यात प्रर्वद्धन गर्नुपर्ने बेलामा शतप्रतिशत मार्जिनका लागि प्रेरित गर्दा यसले पार्ने नकारात्मक असरप्रति केन्द्रीय बैंक सचेत हुनुपर्ने समेत चेम्बरले जनाएको छ। एलसीमा शतप्रतिशत मार्जिन राख्ने व्यवस्था खुला अर्थतन्त्रको नीति बिपरित भएको समेत चेम्बरको भनाइ छ। 

कोभिडले प्रभावित अर्थतन्त्र बिस्तारै तंग्रिदै गरेको अवस्थामा यस्ता संकुचित नीतिले निजी क्षेत्रको मनोबल घटाउने निश्चितप्राय भएको समेत चेम्बरले ठहर गरेको छ।

images

शतप्रतिशत नगद मार्जिन राख्ने सम्वन्धी व्यवस्थाले आपूर्तिमा थप समस्या निम्त्याउने, बस्तुहरुको लागत बढाउने तथा कालान्तारमा यसले बस्तुहरुको उपभोग्य मुल्य बढाउने र प्रतिस्पर्धी क्षमतामा ह्रास आउने तफ ध्यान समेत चेम्बरले विज्ञप्ती मार्फत जनाएको छ। 

वस्तुको आयातमा उच्च भन्सार कर लगाउने नीतिप्रति पनि चेम्वरले आपत्ति जनाएको छ। विश्व व्यापार संगठन डब्लुटीओको खुला बजार अर्थव्यवस्थाको विश्वव्यापी मान्यता बिपरित यस्ता व्यवस्थाले व्यापारमा गम्भिर असर गर्ने तथा व्यवसायी नै पलायन हुनेतर्फ चेम्बरले सचेत गराएको छ। 


प्रकाशित : मंगलबार, माघ २५ २०७८११:५२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend