सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

प्रतिनिधिसभाको बैठक आज, नीति तथा कार्यक्रममाथिको संशोधन निर्णयार्थ पेश गरिने

images
आइतबार, वैशाख २८ २०८२
images
प्रतिनिधिसभाको बैठक आज, नीति तथा कार्यक्रममाथिको संशोधन निर्णयार्थ पेश गरिने

प्रतिनिधिसभाको बैठक आज आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ। संघीय संसद् सचिवालयका अनुसार बैठकमा चालु आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले आफ्नो धारणा राख्नेछन्।

images
images

काठमाडौं- प्रतिनिधिसभाको बैठक आज आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ। संघीय संसद् सचिवालयका अनुसार बैठकमा चालु आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले आफ्नो धारणा राख्नेछन्।

images
images
images

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ। त्यसपश्चात् नीति तथा कार्यक्रममाथि प्राप्त भएका संशोधन प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गरिने संसद् सचिवालयले जनाएको छ। नीति तथा कार्यक्रममाथि एकल र संयुक्त गरी कुल ३७ वटा संशोधन प्रस्ताव दर्ता भएका छन्। यसअघि यही वैशाख २२ गतेदेखि प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको थियो।

images
images

राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। आइतबारकै बैठकमा सरकारको नीति तथा कार्यक्रमलाई निर्णयार्थ पनि प्रस्तुत गरिने संसद् सचिवालयले जानकारी दिएको छ।

images
images

यसैबीच, आजबाट संसद्मा आगामी बजेटको तयारीस्वरूप प्रि–बजेट छलफल पनि सुरु हुँदैछ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताबारे (कर प्रस्ताव बाहेक) छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।


प्रकाशित : आइतबार, वैशाख २८ २०८२०६:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend