बुधबार, जेठ २ गते २०८१    
images
images
images
images

हुँदै नभएका कृषि फार्मको नाममा लाखौँको सामान लिएर ठगी

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, माघ २५ २०७८
images
images
हुँदै नभएका कृषि फार्मको नाममा लाखौँको सामान लिएर ठगी
images
images

कपिलवस्तु- आफूलाई भेडीगोठ बाख्रा फार्म प्रालि चित्लाङ मकवानपुर, कामधेनु गाइ फार्म प्रालि खैरेनीपुर चितवन लगायत अन्य विभिन्न फर्मको प्रोपाइटर बताइ लाखौँको सामान लिएर रकम भुक्तानी नगरी ठगी गरेको अभियोगमा एकजना पक्राउ परेका छन्। 

images
images
images

ठगीमा संलग्न प्युठान तोरवाङ गाउँपालिका-६, हाल झिमरुक गाउँपालिका-६ तोरवाङ बस्ने ५० वर्षीय इश्वरी प्रसाद पोख्रेललाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो।  

images

शिवराज नगरपालिका-५ स्थित चेक प्वाइन्टमा वडा प्रहरी कार्यालय चन्दौटाबाट खटिएको प्रहरीले उनलाई बाग्मती प्रदेश ०१-०२६ च ४००१ नम्बरको कार सहित फेला पारी पक्राउ गरेको हो।  

images
images

उनले कपिलवस्तु नगरपालिका-१ मालटोलस्थित केजिएन मार्ट पसलमा २०७८ आसार १८ गते ५० हजार बराबरको किराना र कस्मेटिक लगायतको समान किनी आफू कपिलवस्तु बिजयनगर गाउँपालिका-४ अन्तर्गत रहेको गौमुखी फीड इण्डष्ट्रीज एण्ड ट्रेडलिंकको प्रोपाइटर भनी उक्त सामान खरिद गरेवापत दिनुपर्ने रकम माछापुच्छ्रे बैंकबाट भुक्तानी पाउने गरी चेक दिइ गएकोमा सो चेक माछापुच्छ्रे बैंक तौलिहवा शाखामा क्लियरिङ गराउँदा निजको खातामा रकम नभएको पाइएपछि ठगी मुद्दा दर्ता भइ अनुसन्धान भएको थियो।  

images
images

उनीउपर यस अघिसमेत विभिन्न मितिमा सार्वजनिक ऐन अन्तर्गतको मुद्दा, ठगी एवं बैंकिङ कसूरजन्य मुद्दा दर्ता भइ अनुसन्धान भएको थियो। साथै अनुसन्धानको क्रममा उनले विभिन्न मितिमा दाङ राप्ती गाउँपालिका-२ मा साइन्स कलेज स्थापना गर्ने भनि करिब १ करोड भन्दा बढी रुपैयाँ, कैलालीको धनगढीस्थित मेडिकल कलेज खोल्ने भन्दै लाखौँ रकम लिइ ठगी गरेको खुल्न आएको छ।

साथै उनले पर्सा वीरगञ्जस्थित जगदम्बा सेल्स ट्रेडिङ प्रालिबाट ४७ लाख रुपैयाँ बाराबरको रडहरू, भैरहवाको शिद्धार्थ हार्डवेयरबाट २३ लाख रुपैयाँ बराबरको हार्डवेयर सामग्री, चितवन टाडीस्थित रिजाल फुड एण्ड विभरेज प्रालिबाट २८ लाख रुपैयाँ बराबरको सामान, नवलपरासीस्थित समृद्धि स्टिल कम्पनीबाट २५ लाख बराबरको सामानहरू, प्युठान सिमेन्ट कारखानाबाट २० लाख रुपैयाँ बराबरको सामान, गोल्छा अर्गनाइजेसनबाट ३० लाख रुपैयाँ बराबरको सामग्रीहरू र काठमाडौं टेकुस्थित निर्मणी मेशिनरी सप्लायर्सबाट १ लाख २७ हजार रुपैयाँ बराबरको विभिन्न मेसिनरी सामानहरू लिइ सबै ठाउँमा विभिन्न बैंकको खाताबाट भुक्तानी हुने गरी रकम नभएको चेक दिइ फरार रहेका अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ।

साथै निज प्रोपराइटर भएको भनि बताएका फर्महरू भौतिक रुपमा स्थापना र सञ्चालनमा समेत नरहेको खुल्न आएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। 

images

प्रकाशित : मंगलबार, माघ २५ २०७८११:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend