शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

वनजंगललाई आयआर्जनसँग जोड्न वनमन्त्रीको आग्रह

images
शनिबार, वैशाख २७ २०८२
images
वनजंगललाई आयआर्जनसँग जोड्न वनमन्त्रीको आग्रह

साथै वन व्यवस्थापनलाई आम्दानी, नवप्रवर्तन, ‘डिजिटल’ प्रविधि, बजार पहुँच, मूल्य शृङ्खला र स्थानीय रोजगारी सिर्जनासँग जोडिनुपर्ने बताए।

images
images

काठमाडौं- वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वनलाई आयआर्जनसँग जोड्नुपर्ने बताएका छन्। रेड कार्यान्वयन केन्द्रद्वारा शनिबार आयोजित दोस्रो वन सम्बद्र्धन राष्ट्रिय गोष्ठीको उद्घाटन गर्दै उनले त्यस्तो बताएका हुन्। 

images
images
images

साथै वन व्यवस्थापनलाई आम्दानी, नवप्रवर्तन, ‘डिजिटल’ प्रविधि, बजार पहुँच, मूल्य शृङ्खला र स्थानीय रोजगारी सिर्जनासँग जोडिनुपर्ने बताए। ‘सिल्भीकल्चर’को सिद्धान्त र अभ्यासद्वारा वन व्यवस्थापनलाई आयआर्जनसँग जोड्न सकिने बताएका छन्।

images
images

मन्त्री शाहीले देशको वन क्षेत्रको समग्र सुधार र आगामी दशकको दिगो दिशा तय गर्न गोष्ठी उपयोगी हुने बताए। उनी भन्छन्, ‘वन क्षेत्रको वर्गीकरण, ‘थिनिङ’, कटानी, पुनःरोपण, प्रजातिको सन्तुलन, तथा ‘रोटेसन’लगायत वैज्ञानिक विधिको प्रयोगद्वारा उत्पादनशीलता, गुणस्तर र दिगोपन अभिवृद्धि गर्न सकिन्छ।’

images
images

वन हरित पूर्वाधार, जीवन, जलवायु र अर्थतन्त्रको आधार भएको उल्लेख गर्दै मन्त्री शाहीले वनसम्बन्धी नीति, संरचना र मार्गदर्शनको स्पष्टताबाट वन क्षेत्रको उपयोगमा सरोकार भएका निकायहरुसँग सहकार्य गर्न सहज हुने धारणा राखेका छन्। देशमा पर्याप्त वन क्षेत्र भए पनि काठ र फर्निचर विदेशबाट आयात गरिरहनुपर्ने परिस्थितिको अन्त्य हुनुपर्नेमा जोड दिए। रासस 


प्रकाशित : शनिबार, वैशाख २७ २०८२१६:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend