शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

शनिबार सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य कति?

images
शनिबार, वैशाख २७ २०८२
images
शनिबार सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य कति?

गोलभेँडा ठूलो (भारतीय) ७०, गोलभेँडा सानो (लोकल) ४८, गोलभेँडा सानो (भारतीय)४०, गोलभेँडा सानो (तराई) ४५, आलु रातो ३५, प्याज सुकेको (भारतीय) ३८, गाजर (लोकल) ६०, गाजर (तराई) ३०, बन्दा (लोकल) २० रुपैयाँ प्रतिकिलो कायम भएको छ।

images
images

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ। समितिले तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो। गोलभेँडा ठूलो (भारतीय) ७०, गोलभेँडा सानो (लोकल) ४८, गोलभेँडा सानो (भारतीय)४०, गोलभेँडा सानो (तराई) ४५, आलु रातो ३५, प्याज सुकेको (भारतीय) ३८, गाजर (लोकल) ६०, गाजर (तराई) ३०, बन्दा (लोकल) २० रुपैयाँ प्रतिकिलो कायम भएको छ।

images
images
images

त्यस्तै काउली (स्थानीय) ६०, मूला रातो ४०, मूला सेतो (लोकल) २०, सेतो मूला (हाइब्रिड) ३०, भन्टा लाम्चो ३५, भन्टा डल्लो ४०, तने बोडी पनि ६० रुपैयाँ किलो निर्धारण भएको छ। मटरकोसा १००, घिउ सिमी (लोकल) ६०, घिउ सिमी ९(हाइब्रिड) ६०, भटमास कोसा १५०, तितो करेला २५, लौका २५, परबर (लोकल) ५०, परबर (तराई) ६०, चिचिण्डो ४०, घिरौला ३०, झिगुनी ८०, फर्सी पाकेको ५०, फर्सी हरियो (लाम्चो) २५, हरियो फर्सी (डल्लो) ३०, सलगम ८०, भिण्डी ४५ रुपैयाँ कायम गरिएको समितिले जनाएको छ।

images
images

यस्तै, सखरखण्ड ६०, बरेला ५०, पिँडालु ९०, स्कूस ५०, रायो साग ६०, पालुंगो साग ८०, चमसुरको साग ८०, तोरीको साग ३५, मेथीको साग ८०, प्याज हरियो ४०, बकुला ५०, च्याउ (कन्य) १८०, च्याउ (डल्ले) ३८०, कुरिलो ६०० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ। निगुरो ३०, ब्रोकाउली ९०, चुकुन्दर ६०, सजीवन  ८०, कोइरालो १८०, रातो बन्दा ६०, जिरीको साग ६५, ग्याठकोभी ६०, सेलरी २१०, पार्सले ३५०, सौफको साग १००, पुदिना ३००, गान्टे मूला ४०, इमली १९०, तामा  १००, तोफु १४० र गुन्द्रुक ३५० रुपैयाँ किलोमा बिक्रिबा लागि तोकेको छ।

images
images

समितिले स्याउ (झोले) २५०, स्याउ (फूजी) ३४०, केरा (दर्जन) १६०, कागती २८०, अनार ३५०, अङ्गुर (हरियो) २००, अङ्गुर (कालो) २५०, भारतीय सुन्तला १४०, तरबुजा हरियो ५०, मौसम २००, जुनार २००, भुइँकटहर प्रतिगोटा २००, काँक्रो (लोकल) ६०, काँक्रो (हाइब्रिड) ३०, रुख कटहर ८०, नासपाती (चाइनिज) २६०, मेवा (नेपाली) ५०, मेवा (भारतीय) १२०, अम्बा १२०, स्ट्रबेरी (भुइँऐसेलु) २५०, किबी ४६०, आभोकाडो प्रतिकिलो रु ५८० निर्धारण गरिएको समितिको भनाइ छ।

यसैगरी, अदुवा १२०, खुर्सानी सुकेको ४२०, खुर्सानी हरियो ६०, खुर्सानी हरियो (बुलेट) ७०, खुर्सानी हरियो (माछे) ५०, खुर्सानी हरियो (अकबरे) ४००, भेडे खुर्सानी ८०, लसुन हरियो ७५, हरियो धनिया ७०, लसुन सुकेको चाइनिज ३००, लसुन सुकेको नेपाली ३००, ताजा माछा (रहु) ३२०, ताजा माछा (बचुवा) २६०, ताजा माछा (छडी) २४०, रुख टमाटर १६०, राजा च्याउ ३०० र सिताके च्याउ ८०० रुपैयाँ किलोका दरले मूल्य निर्धारण भएको छ। रासस


प्रकाशित : शनिबार, वैशाख २७ २०८२११:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend