शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

सात करोड वक्यौता असुल

images
मंगलबार, माघ २५ २०७८
images
सात करोड वक्यौता असुल

गत साउनमा लामो समयसम्म कर नतिर्ने ठूला करदाताको नाम सार्वजनिक गरेसँगै सम्पर्कमा आउने क्रम बढेको र केहीले रकम तिर्न थालेका छन्।

images
images

काठमाडाैं- काठमाडौं महानगरपालिकाले २८ वर्षदेखि घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदाताबाट सात करोड रुपैयाँ वक्यौता रकम असुल गरेको छ। 

images
images
images

गत साउनमा लामो समयसम्म कर नतिर्ने ठूला करदाताको नाम सार्वजनिक गरेसँगै सम्पर्कमा आउने क्रम बढेको र केहीले रकम तिर्न थालेका छन्। तत्काल पाँच करदाताले तिर्नका लागि समय निर्धारण गरेर गएका छन्। 'कर तिर्छु भन्न आउने क्रम जारी छ, कोरोनाको कारण लक्ष्यअनुरुप असुल हुन भने सकेन', कामपा राजस्व विभाग प्रमुख डा शिवराज अधिकारीले भने।

images
images

कामपाले गत साउनको अन्तिम साता दुई चरणमा गरी ५२ ठूला करदाताको नाम सार्वजनिक गरेको थियो। त्यसपछि करदाता सम्पर्कमा आउने क्रम बढेको छ।  

images
images


धेरैले आफ्नो घरजग्गा र सम्पत्तिका बारेमा विवरणसमेत बुझाएका छैनन्। तर लामो समयदेखि कर तिर्न आलटाल गरिरहेका करदाताबाट विभागले ७० करोड रुपैयाँ असुल गर्ने तयारीस्वरुप अहिले अभियानको रूपमा नै कर संकलन गरिरहेको हो। सम्पर्कमा आउनेले विभागमा कर बुझाउन सही छाप गरेपछि मागअनुसार केही समय थपिदिएको छ।

नआउनेलाई विभागले कडाइका साथ कानुनी कारबाही अगाडि बढाउने तयारी गरेको छ। सम्पर्क नगर्नेको घर, पसल र व्यवसायमा सिलबन्दी गर्ने तथा सरकारी बाँकी सरह राजस्व असुली गर्ने प्रक्रिया अगाडि बढाउने डा अधिकारीले बताए। रासस


प्रकाशित : मंगलबार, माघ २५ २०७८११:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend