बिहीबार , जेठ ८ गते २०८२    
बिहीबार , जेठ ८ २०८२
images
images

बागलुङका खेतीयोग्य जमिनमा अम्लियपना, माटोको उपचार गर्न कृषिविज्ञको सुझाव

images
बिहीबार , वैशाख २५ २०८२
images
बागलुङका खेतीयोग्य जमिनमा अम्लियपना, माटोको उपचार गर्न कृषिविज्ञको सुझाव

कृषि ज्ञान केन्द्रले चालु आर्थिक वर्षमा जिल्लाको ५ स्थानमा गरेको माटो परीक्षण शिविरमा सबैभन्दा बढी सिगानाको माटोमा अम्लियपना भेटिएको जनाएको छ।

images
images

बागलुङ- बागलुङ नगरपालिका-८ सिगानामा गत आइतबार सञ्चालित माटो परीक्षण शिविरमा ७५ जना किसानले माटो परीक्षण गराए। सुन्तलाखेती हुने यहाँको माटोमा अधिकांश अम्लियपना भेटियो। जसका कारण क्रमशः उब्जनीमा ह्रास आइरहेको छ।

images
images
images

कृषि ज्ञान केन्द्रले चालु आर्थिक वर्षमा जिल्लाको ५ स्थानमा गरेको माटो परीक्षण शिविरमा सबैभन्दा बढी सिगानाको माटोमा अम्लियपना भेटिएको जनाएको छ। जम्मा ७५ किसानले माटो परीक्षण गराएकामा ६९ किसानले ल्याएको माटोमा अम्लियपना फेला परेको थियो।

images
images

असन्तुलित मलखादको प्रयोगले माटोको प्रांगारिक पदार्थमा कमी आएको कृषि ज्ञान केन्द्र प्रमुख राजेश्वर सिल्वालले बताए। उनले माटोको सही उपचार गर्न किसानलाई सुझाव दिएकाछन्। जिल्लाका १० स्थानीय तहमध्ये यस वर्ष ७ स्थानीय तहमा माटो परीक्षण घुम्ती शिविर गर्ने लक्ष्य लिइएको छ।

images
images

५ स्थानमा माटो परीक्षण शिविर सम्पन्न भइसकेका छन्। स्थानीय तहको सिफारिसमा माटो परीक्षण गर्न थालिएको हो। बागलुङ नगरपालिका, गलकोट नगरपालिका, तमानखोला गाउँपालिका, बडिगाड गाउँपालिका र ताराखोला गाउँपालिकामा ३०९ किसानले ल्याएको माटोको नमूना परीक्षण गरिएको थियो। परीक्षण गरिएका मध्ये १७० नमूनामा अम्लियपना तथा १३ नमूनामा क्षारीय तत्व फेला परेको प्रमुख सिल्वालको भनाइ छ।

त्यसैगरी १२६ नमूना माटो परीक्षणको रिपोर्ट सामान्य रहेको पाइएको छ। कृषि ज्ञान केन्द्रले तमानखोला गाउँपालिका-२ मा ४३ किसानले ल्याएको माटोको नमूना परीक्षण गरेकामा २८ नमूनामा अम्लियपना र १५ मा तटस्थ देखिएको छ। बडिगाड गाउँपालिका-६ मा आयोजना भएको माटो परीक्षण शिविरमा ५८ जनाको नमूना परीक्षण भएको थियो। जसमा १३ क्षारीय, १ अम्लियपना र ४४ तटस्थ देखिएको छ। 

ताराखोला गाउँपालिका-२ मा ७५ वटा माटोको नमूना परीक्षण गरिएकामा ५१ वटामा अम्लियपना र २४ मा तटस्थ देखिएको छ। त्यस्तै गलकोट नगरपालिका-४ मा ५८ माटोको नमूना परीक्षण गरेकोमा २१ वटामा अम्लियपना र ३७ वटामा तटस्थ फेला परेको छ।

‘असन्तुलित मलखादले माटो बिग्रँदै गएको छ, समयमा उपचार आवश्यक छ, पछिल्लो समय प्रांगारिक मलको प्रयोग घट्नाले माटोमा अम्लियपना बढी भएको हो’”, केन्द्र प्रमुख सिलवाल भन्छन्, ‘क्षारीय र अम्लियपनलाई तटस्थमा ल्याउन प्रांगारिक मल, हरियो मल प्रयोग तथा र कोसेबाली लगाउन लगाउनु पर्छ।’

अम्लीय माटोमा कृषि चुना प्रयोग गर्न किसानलाई सुझाव दिएको कृषि ज्ञान केन्दका अधिकृत जमुना भण्डारीले बताइन्। उनले युरियाको बढ्दो प्रयोगले माटोको अवस्था बिग्रदो भएकाले नाइट्रोजन, फस्फोरस र पोटासको सन्तुलित प्रयोग गर्न सुझाव दिएकी छन्। रासस


प्रकाशित : बिहीबार , वैशाख २५ २०८२१३:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend