शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

चुनाव घोषणा भए पनि सेयर बजार बढेन, विश्लेषक भन्छन् - बजार बढ्दो ट्रेन्डमै छ, थप घट्दैन

images
मंगलबार, माघ २५ २०७८
images
चुनाव घोषणा भए पनि सेयर बजार बढेन, विश्लेषक भन्छन् - बजार बढ्दो ट्रेन्डमै छ, थप घट्दैन
images
images

काठमाडौं- सरकारले बैशाख ३० गते एकै चरणमा गर्नेगरी स्थानीय तहको चुनाव गर्ने घोषणा गरेपछि अनुमान गरिएअनुसार नेप्से परिसूचकमा उछाल देखिएन। चुनावको मिति घोषणापछि सेयर बजारमा उत्साह हुने अनुमान गरिए पनि मंगलबार सेयर बजारमा झनै गिरावट आएको छ।

images
images
images

खासगरी बैंकिङ तरलता र सेयर धितो कर्जाको सीमाका विषयले पनि सेयर बजारमा चुनाव घोषणाले खासै लगानीकर्तामा उत्साह ल्याउन नसकेको विश्लेषकहरू बताउँछन्। खासगरी सेयर धितो र घरजग्गालाई अनुत्पादक भन्दै ऋण प्रवाहमा समेत कडाइ भएपछि असर सेयर बजारमा देखिएको हो।

images
images

राष्ट्र बैंकले सेयरधितो कर्जाको सीमामा मौद्रिक नीतिमार्फत कडाइ गरेको थियो। अहिले तोकिएको सीमाले ऋण झार्नुपर्ने दबाबका कारण पनि असर नेप्से परिसूचकमा देखिएको विश्लेषकहरू बताउँछन्। मंगलबार बजार खुलेको पहिलो ५ मिनेटमै ६४ अंकले बढेको बजार त्यसपछि लगतार ओरालो लागेको हो। 

images
images

घट्दो क्रमबाट थामिएको सेयर बजार मंगलबार पुन: घटेको हो। यो साता आइतबार ४०.५७ अंकले गिरावट आएको बजार सोमबार थामिएर १५.६९ अंकले बढेर २८५१.८६ बिन्दुमा पुगेको थियो। तर पुन: मंगलबार बजार १६.३० अंकले घटेर २८३५.५८ बिन्दुमा पुगेको छ। मंगलबार ६ अर्ब २८ करोड रूपैयाँको कारोबार भएको छ। जसमा ४० कम्पनीको सेयर मूल्य बढ्दा १ सय ४० कम्पनीको सेयर मूल्य घटेको छ। ११ कम्पनीको सेयर मूल्यमा परिवर्तन भएको छैन। 

चुनावकै कारण सेयर बजार बढ्ने कुरामा सत्यता नरहेको भन्दै केही विश्लेषकहरू चुनावको समयमा सेयर बजार बढ्ने ट्रेन्डमा रहँदा बढ्ने गरेको र घट्दो ट्रेन्डमा रहँदा घट्ने गरेको बताउँछन्। यस वर्ष पनि सबै सूचकहरूले साथ दिइरहेकाले बजार बढ्ने नै भएकोले चुनावकै कारण असर नपर्ने तर्क उनीहरूको छ।

बजार बढ्दो ट्रेन्डमै भएकोले फागुनपछि बढ्ने दाबी विश्लेषकहरूले गर्दै आएका छन्। विश्लेषक विष्णु बस्याल बजार बढ्दो ट्रेन्डमा भएकोले सेयर बजर उच्च बिन्दुमा जाने बताउँछन्। ‘आगामी चुनाव बढ्दो ट्रेन्डमै पर्ने भएकोले सेयर बजारमा उत्साह आउने निश्चित छ’ बस्यालले भने। 

गत साता समग्रमा नेप्से ९५.७५ अंकले बढे पनि साताको अन्तिम कारोबारको दिन बिहीबार १४.५८ अंकले घटेर २८७६.७५ बिन्दुमा आइपुगेको थियो। गत साताको पहिलो दिन आइतबार एकैदिन १०५.५५ अंकले बढे पनि यो साताको पहिलो दिन नै दोहोरो अंकले बजार घटेको थियो। तर सोमबारको बढोत्तरीको अवस्थाले भने बजारमा सकारात्मक संकेत गरेको भए पनि लगानीकर्ता नसमालिँदा मंगलबार पुनः बजार घटेको हो। 


प्रकाशित : मंगलबार, माघ २५ २०७८०८:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend