शनिबार, जेठ १७ गते २०८२    
शनिबार, जेठ १७ २०८२
images
images

अजयराज सुमार्गीले तिर्नै छाडे ऋण र कर, बैंकले निकाल्यो सार्वजनिक सूचना

images
बिहीबार , वैशाख २५ २०८२
images
images
अजयराज सुमार्गीले तिर्नै छाडे ऋण र कर, बैंकले निकाल्यो सार्वजनिक सूचना

एक दशक पहिले कर्पोरेट दुनियाँका शक्तिशाली व्यवसायी सुमार्गी सरकारलाई बुझाउनुपर्ने राजस्व र लिएको ऋणको सावा ब्याज समयमै भुक्तानी गर्न नसक्ने अवस्थामा पुगेका हुन्।

images
images

काठमाडौं- राजनीतिक साँठगाँठबाट व्यावसायिक लाभ लिएर सार्वजनिक स्रोतमाथि पहुँच बढाएका व्यवसायी अजयराज सुमार्गी अनिवार्य दायित्व बहन गर्न नसक्ने अवस्थामा पुगेका छन्। 

images
images
images

एक दशक पहिले कर्पोरेट दुनियाँका शक्तिशाली व्यवसायी सुमार्गी सरकारलाई बुझाउनुपर्ने राजस्व र लिएको ऋणको सावा ब्याज समयमै भुक्तानी गर्न नसक्ने अवस्थामा पुगेका हुन्। 

images
images

पछिल्लो समय प्रभु बैंकबाट लिएको ऋण भुक्तानी समयमै नगरेको भन्दै उनको कम्पनीलाई ऋण तिर्नका लागि भन्दै ३५ दिने सूचना निकालेको छ। 

images
images
images

होटल बनाउने भन्दै लिएको ऋण नतिरेको भन्दै मुक्तिश्री हस्पिटालिटीको नाममा बैंकले ३५ दिने सार्वजनिक सूचना निकालेको हो। 

ऋण लिएर होटल निर्माणको सुरुवात नै नगरेका सुमार्गीका नाममा बैंकले चेतावनीमूलक सूचना सार्वजनिक गरेको हो। ३५ दिनमा तिर्न नआए धितो लिलामीका साथै  कालोसूचीमा राख्नका लागि बैंकलाई बाटो खुल्ने छ। 

सुमार्गीले बैंकको ऋणमात्र होइन उनको कम्पनीले कर बक्यौता पनि भुक्तानी गरेको छैन। आन्तरिक राजस्व कार्यालयले यसअघि नै मुक्तिश्री प्रालिको नाममा कर बक्यौता भुक्तान गर्न सार्वजनिक सूचना नै निकालेको थियो।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिकट मानिने सुमार्गीले काठमाडौंको प्राइम लोकेसनमा घर जग्गा जोडेका थिए। विभिन्न कम्पनी खोलेर विदेशबाट लगानी ल्याउने भन्दै लामो समय सक्रिय भएका उनी कर उन्मुक्ति हुने मुलुकबाट लगानी ल्याउन खोजेको भन्दै शंकास्पद कारोबारको घेरामा पर्दै आएका छन्। 

कान्तिपुर पब्लिकेशनका प्रकाशक कैलाश सिरोहियासँगको विवाद सार्वजनिक नै भएपछि भने उनको रवाफ मत्थर भएको थियो। सिमेन्टदेखि होटलसम्म र घरजग्गादेखि क्रसरसम्म लगानी गरेका उनले माओवादी सरकारमा हुँदा टेलिकमको लाइसेन्स पाएका थिए। हेलो नेपालको नाममा सेवा सुरू गरेपनि त्यसको पनि बक्यौता रहेको छ। लामो समयसम्म बक्यौता नतिरेपछि उनको लाइसेन्स खारेजको निर्णय दूरसञ्चार प्राधिकरणले गरिदिएको थियो। प्राधिकरणको निर्णयविरुद्ध सञ्चार मन्त्रालयमा पुनरावेदन गरेका उनको निवेदनमा अझैसम्म निर्णय भएको छैन। 

सबै व्यवसाय ओरालो लागेपछि घरजग्गा बिक्री गर्दै आएका उनी पछिल्लो समय गुमनाम जस्तै देखिन्छन्। पछिल्लो समय नेकपाको विभाजनपछि राजनीतिक वृत्तमा पनि उनको कनेक्सन खासै सार्वजनिक भएको छैन। 

Screenshot 2025-05-08 at 10.26.07.png


प्रकाशित : बिहीबार , वैशाख २५ २०८२१०:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend