शनिबार, असोज ५ गते २०८१    
images
images

लगानी बोर्डले वर्ल्ड पीपीपी एसोसिएसनको सदस्यता लिने 

images
मंगलबार, माघ २५ २०७८
images
images
लगानी बोर्डले वर्ल्ड पीपीपी एसोसिएसनको सदस्यता लिने 

संसारभरका २ सय बढी पीपीपी युनिट रहेको यो एसोसिएसनमा आबद्ध भएपछि प्राविधिक ज्ञानमात्र नभएर नेपालको अन्तर्राष्ट्रिय आवद्धतता फराकिलो हुने उनको विश्वास छ। 

images
images

काठमाडौं- नेपालमा लगानी प्रबर्द्धन तथा सहजीकरणका स्थापना भएको लगानी बोर्डले सार्वजनिक निजी साझेदारी सम्बन्धी विश्वव्यापी संस्थाको सदस्यता लिने भएको छ। 

images
images
images

बोर्डले स्विट्जरल्यान्डमा रहेको वर्ल्ड एसोसिएसन अफ पीपीपी युनिट एण्ड प्रफेसनलको सदस्यता लिने निर्णय गरेको हो। 

आज  बसकेको बोर्ड बैठकले सदस्यता लिने निर्णय गरेको बोर्डका सीईओ सुशील भट्टले जानकारी दिए। 

एसोसिएसनले लगानी बोर्डलाई नि:शुल्क सदस्यता दिने प्रतिबद्बतता जनाएको थियो। सदस्यता लिएपछि लगानी बोर्डले पीपीपी सम्बन्धित ज्ञान तथा उत्कृष्ट अभ्यासका बारेमा प्राविधिक सहायता पाउने सीईओ भट्टको विश्वास छ। 

images

संसारभरका २ सय बढी पीपीपी युनिट रहेको यो एसोसिएसनमा आबद्ध भएपछि प्राविधिक ज्ञानमात्र नभएर नेपालको अन्तर्राष्ट्रिय आवद्धतता फराकिलो हुने उनको विश्वास छ। 

यो फोरमबाट नेपालले आफ्नो पीपीपी नीति तथा अभ्यासका बारेमा विश्वभर फैलाउन मद्दत पुग्ने भट्टले जानकारी दिए। 


प्रकाशित : मंगलबार, माघ २५ २०७८०७:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend