काठमाडौं- बेलायतले भारत र पाकिस्तानबीच तनाव कम गर्न दुवै देशलाई सहयोग गर्न तयार रहेको जनाएको छ। आणविक शक्ति सम्पन्न भारत र पाकिस्तानमा दुई दशकयताकै सबैभन्दा तनावको अवस्था आएको छ।
यसैबीच बेलायतका व्यापारमन्त्री जोनाथन रेनोल्ड्सले सहयोग गर्न तयार रहेको बताएका हुन्। ‘हामी दुवै देशका मित्र र साझेदार हौँ, दुवै देशलाई सहयोग गर्न तयार छौँ उनले बीबीसी रेडियोसँगको अन्तवार्तामा भनेका छन्, ‘क्षेत्रिय स्थिरताका लागि वार्तामार्फत तनाव कम गर्न र उनीहरूलाई सहयोग गर्न हामी सबै सम्भावित पहल गछौँं र इच्छुक पनि छौँं।’
पाकिस्तानी विदेश मन्त्रालयले ब्रिटिस नागरिकलाई भारत-पाकिस्तान सीमाको ८ किलोमिटर भित्र, नियन्त्रण रेखाको १६ किलोमिटरभित्र यात्रा नगर्न भनेको छ। साथै पाकिस्तानको दक्षिण-पश्चिमी बलुचिस्तान प्रान्तमा पनि यात्रा नगर्न सल्लाह दिएको छ।
‘हामीले स्थितिलाई नजिकबाट नियालिरहेका छौँ, बेलायती नागरिकहरूले हाम्रो यात्रा सल्लाहको साथ अद्यावधिक रहनुहुनेछ र स्थानीय अधिकारीहरूको सल्लाह पालन गर्नुहुन्छ’ व्यापारमन्त्री रेनोल्ड्सले भने। रासस