मंगलबार, असार १० गते २०८२    
मंगलबार, असार १० २०८२
images
images

संसदमा उठ्यो धितोपत्र बोर्डका कारण ‘आइपीओ’ रोकिएको विषय

images
बुधबार, वैशाख २४ २०८२
images
images
संसदमा उठ्यो धितोपत्र बोर्डका कारण ‘आइपीओ’ रोकिएको विषय

सांसद माधव सापकोटाले ‘कमिसन’का कारण ‘आइपीओ’ रोकिएको समाचार आएकाले यस विषयमा छानबिन गर्ने व्यवस्थाका लागि सरकारलाई ‘रुलिङ’ गर्न सभामुखसँग माग गरेका हुन्।

images
images

काठमाडौ‌- प्रतिनिधिसभा बैठकमा धितोपत्र बोर्डमा ‘कमिसन’का कारण ‘आइपीओ’ रोकिएको विषयमा प्रश्न उठेको छ। प्रतिनिधिसभाको बुधबारको बैठकमा आकस्मिक समयमा सांसद माधव सापकोटाले कमिसनका कारण आइपीओ रोकिएको समाचार आएकाले यस विषयमा छानबिन गर्ने व्यवस्थाका लागि सरकारलाई ‘रुलिङ’ गर्न सभामुखसँग माग गरेका हुन्।

images
images
images

त्यस्तै सांसद रोशन कार्कीले आइपीओ जारी गर्न ५ देखि ७ प्रतिशतसम्म कमिसन मागेको कुराको यथार्थ छानबिन गर्न माग गरे। सांसद योगेन्द्र मण्डलले गत चैत ५ गते भएको आगलागीमा साढे ३ वर्षकी बालिका जलेर मृत्यु भएको बताए। उनको परिवार अहिले पनि मदरसाको शरणमा रहेकाले यथोचित व्यवस्था गर्न सांसद मण्डलले माग गरेका छन्।

images
images

त्यस्तै बुधबार बिहान मकवानपुरको राक्सिराङमा भएको बोलेरो दुर्घटनाका घाइतेको उपचार गर्न सांसद महेशकुमार बर्तौला सरकारसँग माग गरेका छन्। सावारी दुर्घटनामा १० जना घाइते भएका छन्। जसमध्ये ६ जनाको अवस्था चिन्ताजनक छ।

images
images
images

सांसद ठाकुरप्रसाद गैरेले गैरआवासीय नेपाली संघ (एनआरएनए)को कार्यकाल नसकिइ अर्को समिति बनेको समाचार आएकाले यसको वास्तविकता के हो? भनी खोजी गरेका छन्। रासस


प्रकाशित : बुधबार, वैशाख २४ २०८२१२:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend