शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

हुलाकी राजमार्गले ल्याएको परिवर्तन : दुध किन्न गाउँमै गाडी, जग्गाकाे मूल्य ५ गुणा बढ्यो

images
बुधबार, वैशाख २४ २०८२
images
हुलाकी राजमार्गले ल्याएको परिवर्तन : दुध किन्न गाउँमै गाडी, जग्गाकाे मूल्य  ५ गुणा बढ्यो

हुलाकी राजमार्ग भएर एक घण्टामा धनगढी पुग्न सकिन्छ। कञ्चनपुरका लागि  ‘लाइफ लाइन’ नै हो। स्थानीयको दैनिकी मात्रै होइन हुलाकी राजमार्ग निमार्ण पछि जग्गाको मूल्य वृद्धि भएको स्थानीय बताउँछन्।

images
images

कञ्चनपुर- हुलाकी राजमार्गको काम अन्तिम चरणमा पुगेको छ। कञ्चनपुरको डोकेबजारदेखि बेदकोट नगरपालिकाको दैजीसम्मको ६२ किलोमिटर सडक ३ खण्डमा निर्माणका लागि २०७३ फागुनमा सम्झौता भएको थियो। केही भागमा विवादका कारण निमार्ण ढिलाइ भएपनि ४४ किमी सडक कालोपत्र भएको छ।

images
images
images

हुलाकी राजमार्ग योजना कार्यालय, धनगढीका प्रमुख मुकुन्द लामिछानेले राजमार्गको ३ खण्ड मध्ये एउटा खण्ड निमार्ण सम्पन्न भएको जानकारी दिए। पहिलो खण्डमा मर्मत र रंगरोगनको काम मात्र बाँकी छ। अन्य २ खण्डको कालोपत्रेको काम पनि अन्तिम चरणमा छ।

images
images

‘बेलौरीको ककत्तामा केही विवादका कारण दोस्रो खण्डको ८८ मिटर सडक निमार्ण हुन सकेको छैन’ योजना प्रमुख लामिछाने भन्छन्, ‘उक्त ठाउँमा विवाद भइराख्ने भएकाले निमार्ण कम्पनीले काम गर्न सक्ने अवस्था छैन।’ २२ किमीको तेस्रो खण्डमा ११ किलोमिटर कालोपत्रेको काम बाँकी छ।

images
images

डोकेबजारदेखि बेलौरीसम्मको पहिलो प्याकेजको २० किमी ३६ करोड ४७ लाख रुपैयाँमा  निमार्णभएको हो। बेलौरीदेखि बेल्डाडीसम्मको दोस्रो खण्ड २० किमीको लागत ४१ करोड ४१ लाख रुपैयाँ छ। हुलाकी सडकको तेस्रो खण्ड बेल्डाडीदेखी दैजीसम्म २२ किमी  छ। यसअघि दक्षिणी क्षेत्रका नागरिकले कञ्चनपुर सदरमुकाम महेन्द्रनगर आवतजावत गर्न भारतीय बाटो भएर धनगढी हुँदै आउनुपर्ने बाध्यता थियो।

सरकारले डोकेबजारदेखी बेदकोट नगरपालिकाको दैजीसम्म ६२ किमी हुलाकी सडक निमार्ण गरेपछि भने यहाँका नागरिकलाई राहत मिलेको छ। कञ्चनपुरको दक्षिणी क्षेत्रमा पुर्नवास र बेलौरी नगरपालिका लालझाडी र बेल्डाडी गाउँपालिका गरी ४  पालिका छन्। ४ वटै पालिकाको दक्षिणतर्फ भारतीय खुल्ला सिमानाका छ।

अर्कोतर्फ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका कारण यहाँका नागरिकको सहज पहुँच महेन्द्रनगरसम्म थिएन।२०६२/६३ सम्म पनि यातायातको असुविधाका कारण यहाँका नागरिकहरु पैदलमार्ग भएर महेन्द्रनगर सदरमुकाम आवतजावत गथ्र्ये। ‘वर्षातको समयमा यातायात सेवा बन्द हुँदा बेदकोटको दैजीदेखी बेल्डाडीसम्म पैदल आवतजावत गर्नुपर्ने बाध्यता थियो’ स्थानीय सन्तोष विष्टले भने।

त्यो बेलाको पैदल मार्ग पछि हुलाकी राजमार्गमा परिणत भएको हो। आर्थिक-सामाजिक विकास, व्यापार सहजीकरणमार्फत आर्थिक समृद्वि हासिल गर्ने योजनाअनुसार सरकारले हुलाकी राजमार्ग निमार्ण गरेका् हो। अहिले आर्थिक एवं सामाजिक परिवर्तन ल्याएको स्थानीय शिक्षक केवश विष्ट बताउँछन। उनी भन्छन्, ‘महेन्द्रनगर आवतजावत गर्न भारतको बाटो भएर जानुपथ्र्यो। हुलाकी राजमार्ग बनेपछि यहाँका नागरिकलाई धेरै राहत भएको छ।’

सडक बनेपछि किसानहरुले आफ्नो उत्पादन सहज रुपमा बिक्रि गर्न पाएका छन्। बिहानै धनगढी बजारबाट दुध किन्न गाडी गाउँमै पुग्छ। स्वास्थ्य र शिक्षामासमेत सहज पहुँच भएको छ। हुलाकी राजमार्ग भएर एक घण्टामा धनगढी पुग्न सकिन्छ। कञ्चनपुरका लागि ‘लाइफ लाइन’ नै हो। स्थानीयको दैनिकी मात्रै होइन हुलाकी राजमार्ग निमार्ण पछि जग्गाको मूल्य वृद्धि भएको स्थानीय बताउँछन्।

अर्का स्थानीय सुरत मल्लका अनुसार हुलाकी सडक बन्नुपूर्व कठ्ठाको ४/५ लाख रुपयाँमा जग्गा खरिद बिक्रि हुन्थ्यो। तर, अहिले २० लाख रुपैयाँसम्ममा बिक्रि हुन थालेको छ। ‘त्यो बेला हामीले धेरै दुःख पाएका हौँ अहिले त सडकले आनन्द छ।’ स्थानीय मल्ल भन्छन्, ‘स्थानीय सरकार आएपछि भित्रभित्रका सडक पनि कालोपत्रे हुन थालेका छन्।’ रासस 


प्रकाशित : बुधबार, वैशाख २४ २०८२१२:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend