शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

आर्थिक उत्थानका लागि खोटाङमा नवउद्यम कार्यक्रम सञ्चालन

images
बुधबार, वैशाख २४ २०८२
images
आर्थिक उत्थानका लागि खोटाङमा नवउद्यम कार्यक्रम सञ्चालन

पहिलो चरणमा ११ महिला र ४ पुरुष गरी १५ जना छनोटमा परेका छन्।

images
images

खोटाङ- विपन्न महिलाको उत्थानका निम्ति खोटाङको केपिलासगढी गाउँपालिकामा ग्रामीण महिला नवउद्यम तथा अनुदान कार्यक्रम सञ्चालन भएको छ। गाउँपालिकाका कमजोर आर्थिक अवस्था भएका नागकिकको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले ‘जी फाउण्डेशन’को सहयोगमा उक्त कार्यक्रम सञ्चालन भएको हो।

images
images
images

कार्यक्रमअन्तर्गत अनुदानका लागि केपिलासगढी गाउँपालिका र जी फाउण्डेशनबीच सम्झौतासमेत भएको छ। फाउण्डेशनका सूचना अधिकारी अभिनी दीक्षितका अनुसार पहिलो चरणमा ११ महिला र ४ पुरुष गरी १५ जना छनोटमा परेका छन्।

images
images

छनोटमा परेका उद्यमीले कृषि उपज, सागसब्जीखेती र पशुपन्छी उत्पादनलगायत उद्यम गर्नुपर्ने छ। फाउण्डेशनले सन् २०२५ सेप्टेम्बरसम्म पालिकालाई प्राविधिक सहयोग गर्ने जनाइएको छ।

images
images

साथै फाउण्डेशनले नयाँ उद्यम दर्ता, कृषि तथा पशुपन्छीपालनका लागि बीउ, पुँजी, प्राविधिक सहयोग र परामर्श दिने उनको भनाइ छ। रासस 


प्रकाशित : बुधबार, वैशाख २४ २०८२१०:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend