शनिबार, असोज ५ गते २०८१    
images
images

मनाङमा हिमपात रोकियो, बुस्टर खोप पुनः सञ्चालन

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, माघ २५ २०७८
images
images
मनाङमा हिमपात रोकियो, बुस्टर खोप पुनः सञ्चालन

माथिल्लो मनाङमा खोप अभियानकै क्रममा भारी हिमपात भएपछि केही दिन रोकिएको खोप अभियान बुधबारबाट पुनः सञ्चालनमा आएको छ।

images
images

मनाङ- न्यून चापीय प्रणाली प्रवेश गरेकाले हिमाली जिल्ला मनाङमा यसवर्ष भारी हिमपात भयो। हिमपातका कारण यहाँ भर्खरै सुरु भएको कोरोना विरुद्धको खोपको बुस्टर मात्र अभियान रोकिएकामा बुधबारदेखि पुनः सञ्चालनमा आएको छ। 
 
माघ २० गतेदेखि मनाङ ङिस्याङ गाउँपालिकामा बुस्टर खोप अभियान सञ्चालन भए पनि हिमपातका कारण रोकिएको थियो। खोप मंगलबार नै माथिल्लो मनाङवासीलाई लगाउन सकिने स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले जानकारी दिए। 

images
images
images

'बुस्टर खोप लगाउन छुटेका व्यक्तिका लागि उनीहरु जिल्लामा आएपछि लगाउने व्यवस्था गरिएको छ। 'उहाँहरु सम्पर्कमा आउनुपर्ने हुन्छ, सूचना पनि जारी गरिएको छ,' उनले भने। कोभिसिल्ड र भेरोसिल्डको  दोस्रो मात्रा लगाएर छ महिना पूरा भएका नागरिकका लागि कोरोना सङ्क्रमण विरुद्धको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गराउन अतिरिक्त खोपको रुपमा ‘बुस्टर’ खोप लगाउने कार्यक्रम सञ्चालन गरिएको उनले बताए। 

उनका अनुसार अभियानकै क्रममा भारी हिमपात भएपछि रोकिएको खोप कार्यक्रम सुरु भएको छ। छ महिना अघि कोरोनाविरुद्धको खोप लगाइसकेको र उक्त खोपको रोग प्रतिरोधात्मक क्षमता क्रमशः घट्दै जाने भएकाले सरकारले अतिरिक्त खोपको रुपमा ‘बुस्टर’ खोप अभियानलाई तीव्रता दिएको छ। 

यसका लागि सरकारले कोभिसिल्ड र भेरोसिल्ड खोप स्वास्थ्य कार्यालयमा उपलब्ध गराएको छ। जिल्लाका स्थानीय तह अन्तर्गतको शाखामा खोप पठाइसकिएको स्वास्थ्य प्रमुख आचार्यले बताए। अधिकांश नागरिकले कोभिसिल्ड, भेरोसिल्ड र जोन्सन एण्ड जोन्सन खोप लगाइसकेका छन्।

images

विभिन्न कारणले यसअघि कोरोना विरुद्धको खोप लगाउन छुटेका सबै नागरिकलाई खोपको पहुँचमा जोडिने भएको छ। उनका अनुसार यसअघि १२ वर्षदेखि १८ वर्ष मुनिका बालबालिकालाई मोडर्ना खोप लगाइएकामा दोस्रो मात्राको मोडर्ना खोप पनि जिल्लामा आइसकेको छ। तर जाडो छल्न बेँसी (जिल्लाबाट बाहिर) जाने भएकाले सबै बालबालिकालाई खोप लगाउन नसकिएको प्रमुख आचार्यले बताए। 

हिमपातकै कारण नार्पाभूमि गाउँपालिकामा भने खोप अभियान सञ्चालन गर्न नसकिएको उनले बताए। नासों गाउँपालिकामा तोकिएका केन्द्रमार्फत लक्षित सबै वर्गका व्यक्तिलाई बुस्टर खोप लगाइसकिएको उनले बताए। उनका अनुसार चामे गाउँपालिका, नासों गाउँपालिकामा भने खोप लगाइसकिएको छ। 

जाडोका कारण नार्पाभूमिवासी जिल्लामा नरहेकाले पनि समय तोक्न नसकिएको स्वास्थ्य प्रमुख आचार्य बताउँछन्। 'नार्पाभूमिवासी फागुन महिनाको दोस्रो साता मात्रै जिल्ला फर्कने भएकाले उनीहरु फर्किनासाथ बुस्टर खोप लगाउने व्यवस्था गरिएको छ,’ आचार्यले भने। 

मनाङ सबैभन्दा पहिलो कोरोना विरुद्धको पूर्ण खोपयुक्त जिल्ला हो। गत विसं २०७७ माघ महिनामा नै १८ वर्षमाथिका उमेर समूहका मनाङ जिल्लावासीले पूर्ण मात्रा खोप लगाइसकेका छन्। १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका सबैलाई भने खोप लगाइसकिएको छैन। हिउँदमा चिसोका कारण जिल्ला बाहिर बसाइँ जाने भएकाले बालबालिकालाई खोप लगाउन नसकिएको स्वास्थ्य प्रमुख आचार्यले बताए। 

मनाङमा माइनस २० डिग्री तापक्रममा समेत स्थानीय नागरिक बुस्टर खोप लगाउन उत्साहजनक सहभागिता रहेको उनले बताए। जिल्लाका तीन स्थानीय तहका १२ देखि १८ वर्षमुनिका बालबालिकाले मोडर्नाको पहिलो मात्रा खोप लगाएका थिए। तर, नार्पाभूमि र माथिल्लो मनाङका बालबालिकाले भने यो खोप लगाउने मौका पाएनन्। 

हिउँदयामको अत्यधिक चिसो र हिमपातका कारण स्थानीयवासीसँगै त्यहाँका बालबालिका बेँसी झरेकाले त्यहाँ मोडर्ना खोप अभियान प्रभावित बनेको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए। यहाँ गर्मीयाम लागेपछि स्थानीय नागरिक गाउँ फर्किने गर्दछन्। उनीहरु जिल्ला फर्किनासाथ खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ। रासस


प्रकाशित : मंगलबार, माघ २५ २०७८०७:३३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend