बुधबार, माघ ३० गते २०८१    
बुधबार, माघ ३० २०८१
images
images

९ अर्ब ६८ करोड लगानी थप गर्न डाबर नेपालले पायो स्वीकृति

images
मंगलबार, माघ २५ २०७८
images
images
९ अर्ब ६८ करोड लगानी थप गर्न  डाबर नेपालले पायो स्वीकृति

कम्पनीको प्रस्तावमाथि छलफल गरेर बोर्डले लगानीको स्वीकृति दिएको हो। 

images
images

काठमाडौं- बहुराष्ट्रिय कम्पनी डाबरको नेपालमा लगानी थप गर्ने प्रस्ताव लगानी बोर्डले स्वीकृत गरेको छ। 

images
images
images

पेय, सौन्दौर्य तथा स्वास्थ्यवर्द्धक वस्तु उत्पादन गर्ने डाबरले नेपालको ९ अर्ब ६८ करोड पुँजी थप गर्ने प्रस्ताव स्वीकृत भएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले जानकारी दिए। 

images
images

कोरोनाको दोस्रो लहर अघि नै डाबरले नेपालमा लगानी थप गर्नका लागि अनुमति माग गर्दै प्रस्ताव गरेको थियो।

images
images
images

नेपालमा ६ अर्बभन्दा माथिको कुनै पनि लगानीको स्वीकृति तथा सहजीकरण गर्ने जिम्मेवारी लगानी बोर्डले पाएको छ। सोहीअनुसार डाबर बोर्ड पुगेको हो।

कम्पनीको प्रस्तावमाथि छलफल गरेर बोर्डको मंगलबार बसेको वैठकले लगानी स्वीकृति दिएको हो। 

काठमाडौंमा कर्पोरेट कार्यालय रहेको डाबर नेपालमा ९७.५० प्रतिशत डाबर इन्डियाको स्वामित्व छ भने नेपाली साझेदारको २.५ प्रतिशतमात्र स्वामित्व रहेको छ।

२०४७ सालको परिवर्तनसँगै नेपाल आएको डाबरले पछिल्लो सयम नेपालमा जुस लगायतका वस्तुको उत्पादन गरि भारत निर्यात गर्दै आएको छ। निर्यातको सम्भावना बढी भएको वस्तुको उत्पादन क्षमता बढाउने  डाबरले प्राथमिकतामा राखेको छ। 

रियल जुस, डावर च्यवनप्रास, डावर रेड टुथपेस्ट, हाजमोला, डावर अमला हेयर अयल, डावर हनी, डावर ग्लुकोज डी, गुलाबरी, फेम, प्रोइस्टाइल, ओडोनिल, ह्यान्डवास लगायत डाबरका मुख्य उत्पादन हुन्।

डाबरले हर्वल प्लान्टको उत्पादनका लागि किसानहरुसँग सहकार्य गरिरहेको बताएको छ। संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पनि किसानहरुलाई सहयोग गरिरहेको कम्पनीले जानकारी दिएको छ।

पछिल्लो समय डाबरले नेपालमा आफ्नो आम्दानी बढाउँदै लगेको छ। सन् २०२० मा कम्पनीले नेपालबाट ८ अर्ब ९३ करोड आम्दानी गरेको थियो। कोरोनाका कारणले २०१९ तुलनामा आम्दानीमा केही गिरावट आएको थियो। २०१९ मा कम्पनीले ९ अर्ब आम्दानी गरेको थियो।

भारत बाहेक डाबरले नेपाल, श्रीलंका, टर्की, बांगलादेश, युएइ, इजिप्ट, नाइजेरिया र दक्षिण अफ्रिकामा उत्पादन प्लान्ट राखेको छ।

भारतमै डाबरको स्थापना सन् १९८४ मा भएको थियो।


प्रकाशित : मंगलबार, माघ २५ २०७८०७:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend