मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

लगातारको गिरावटपछि मंगलबार थामियो सेयर बजार, ८ अर्बमाथिको कारोबार

मंगलबार, वैशाख २३ २०८२
लगातारको गिरावटपछि मंगलबार थामियो सेयर बजार, ८ अर्बमाथिको कारोबार

मंगलबार १२० वटा कम्पनीको सेयर मूल्य बढ्दा बजारमा ८ अर्ब ७४ करोड ७६ लाख रूपैयाँको कारोबार भएको छ।

काठमाडौं- पछिल्लो समय लगातार घटिरहेको सेयर बजार मंगलबार भने सामान्य वृद्धितर्फ लागेको छ।

यो साता आइतबार ३.३४ अंकले घटेर २६२०.३९ बिन्दुमा झरेको बजार सोमबार ९.९८ अंकको गिरावटसँगै २६१०.४० बिन्दुमा ओर्लिएको थियो। मंगलबार भने बजार १.०३ अंकले बढेर २६११.४३ बिन्दुमा पुगेको छ।

मंगलबार १२० वटा कम्पनीको सेयर मूल्य बढ्दा बजारमा ८ अर्ब ७४ करोड ७६ लाख ६८ हजार रूपैयाँको कारोबार भएको छ। सोमबार ७ अर्ब ६३ करोड ४१ लाख ९३ हजार रूपैयाँको कारोबार भएकामा मंगलबार कारोबार रकम पनि बढेको हो।

आज १२६ वटा कम्पनीको सेयर मूल्यमा भने गिरावट आएको छ।


प्रकाशित : मंगलबार, वैशाख २३ २०८२१५:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend