शनिबार, असोज ५ गते २०८१    
images
images

अवरुद्ध मध्यपहाडी लोकमार्ग अझै सञ्चालन भएन

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, माघ २५ २०७८
images
images
अवरुद्ध मध्यपहाडी लोकमार्ग अझै सञ्चालन भएन

लोकमार्ग अवरुद्ध हुँदा रुकुम (पूर्व), रुकुम (पश्चिम), रोल्पाबाट बागलुङ हुँदै पोखरा, काठमाडौँ जाने यात्रु समस्यामा परेका छन् भने जिल्ला भित्रिने पनि समस्यामा परेका छन्।

images
images

रुकुम- हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालनमा नआउँदा यात्रु समस्यामा परेका छन्। यही माघको १८ गतेदेखि सो सडकमा यातायातका साधन गुड्न  सकेका छैनन्।

images
images
images

सडकमा पाँच फिटसम्म हिउँ जमेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गनेशबहादुर श्रेष्ठले जानकारी दिए। जमेको हिउँ तत्काल हटाउने सम्भावना नरहेको जनाइएको छ। हिउँ खेल्न अहिले आन्तरिक पर्यटक रुपगाँसम्म जाने गरेका छन्।

लोकमार्ग अवरुद्ध हुँदा रुकुम (पूर्व), रुकुम (पश्चिम), रोल्पाबाट बागलुङ हुँदै पोखरा, काठमाडौँ जाने यात्रु समस्यामा परेका छन् भने जिल्ला भित्रिने पनि समस्यामा परेका छन्। कतिपयले यात्रुले सल्यान, दाङ, वुटवल हुँदै लामो दूरीको यात्रा गर्नुपरेको बताएका छन्। बर्सेनि यसै समयमा हिमपातको कारण लोकमार्गको लकुम–पातीहाल्ना खण्ड अवरुद्ध हुने गर्दछ। 

यस्तै हिमपातको कारण सहिदमार्ग पनि अवरुद्ध छ। सो मार्गको रिका खण्डमा बाक्लो हिउँ जम्दा पुथाउत्तरगङ्गा गाउँपालिकाका नागरिकलाई सदरमुकाम रुकुमकोट आवत जावत गर्न समस्या भएको छ। सो सडकमा जमेको हिउँ पन्छयाउन पनि केही समय प्रहरीले जनाएको छ। रासस

images


प्रकाशित : मंगलबार, माघ २५ २०७८०७:०७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend