शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

नीति तथा कार्यक्रमले जनताको आंकाक्षा पूरा गर्न सक्दैन : सांसद भुसाल

images
सोमबार, वैशाख २२ २०८२
images
नीति तथा कार्यक्रमले जनताको आंकाक्षा पूरा गर्न सक्दैन : सांसद भुसाल

सांसद भुसालले युवाहरु मुलुकमा रोजगारी पाउन नसकेका कारण विदेश पलायन भइरहेको अवस्थामा आत्मनिर्भर अर्थतन्त्र निर्माण गरेर रोजगारी वृद्धि गर्ने कुरा नीतिमा स्पष्ट नभएको बताए।

images
images

काठमाडौं- सांसद डा. बेदुराम भुसालले नीति तथा कार्यक्रमले जनताको आंकाक्षा पूरा गर्न नसक्ने बताएका छन्। राष्ट्रियसभाको सोमबारको बैठकमा आर्थिक वर्ष २०८२/८३ का लागि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा बाल्दै उनले यस्तो बताएका हुन्।

images
images
images

सांसद भुसालले युवाहरु मुलुकमा रोजगारी पाउन नसकेका कारण विदेश पलायन भइरहेको अवस्थामा आत्मनिर्भर अर्थतन्त्र निर्माण गरेर रोजगारी वृद्धि गर्ने कुरा नीतिमा स्पष्ट नभएको बताए।

images
images

प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले संघीय  संसदको दुवै सदनको संयुक्त बैठकमा छलफलको प्रस्ताव पेस गरेका थिए। सोह्रौं योजनाको लक्ष्य नीति तथा कार्यक्रममा प्रवेश नगरेको उनले बताए।

images
images

‘उत्पादन बढाउने भनिएको छ तर, उत्पादन बढाउने  कुरा नीतिमा स्पष्ट भएन’ उनले भने, ‘अहिलेको आवश्यकतालाई सम्बोधन गरेर मुलुकलाई समृद्धिको बाटोमा अगाडि बढाउने किमिसको नीति नै आएन।’ नीति तथा कार्यक्रमबाट ‘समृद्ध नेपाल र सुखी नेपाली’को नारा कार्यन्वयन गर्ने भनिए पनि विश्वास गर्ने आधार नभएको सांसद भुसालको भनाइ छ। 

‘खानी र खनिजजन्य पदार्थ उपभोग गर्न ध्यान पुग्न सकेको छैन, कसरी गर्ने भनेर नीति तथा कार्यक्रममा समावेश छैन। अन्य आर्थिक सुधारका लागि नीति तथा कार्यक्रमको अग्रसरता देखिएन’ सांसद भुसालले भने। रासस 


प्रकाशित : सोमबार, वैशाख २२ २०८२१५:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend