मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

सेयर बजारमा देखिएन सुधार, साताको दोस्रो कारोबार पनि ओरालोतिरै

सोमबार, वैशाख २२ २०८२
सेयर बजारमा देखिएन सुधार, साताको दोस्रो कारोबार पनि ओरालोतिरै

लगानीकर्ता विश्वस्त हुन नसक्दा सेयर बजार उतारचढावबीच निरन्तर ओरालोतर्फ नै लागिरहेको छ।

काठमाडौं- उतारचढावबीच लगातार घटिरहेको सेयर बजार यो साताको दोस्रो कारोबारमा पनि ओरालोतर्फै लागेको छ।

सोमबार बजार ९.९८ अंकले घटेर २६१०.४० बिन्दुमा पुग्दा ७ अर्ब ६३ करोड ४१ लाख ९३ हजार रूपैयाँको कारोबार भएको छ। आज ८६ कम्पनीको सेयर मूल्य बढ्दा १५९ कम्पनीको सेयर मूल्य घटेको छ भने एउटा कम्पनीको सेयर मूल्यमा परिवर्तन आएको छैन।

यो साता पहिलो कारोबार दिन आइतबार बजार ३.३४ अंकले घटेर २,६२०.३९ बिन्दुमा झरेको थियो। आइतबार ९ अर्ब २४ करोड रूपैयाँको कारोबार भएकोमा सोमबार कारोबार रकममा पनि गिरावट आएको हो।

लगानीकर्ता विश्वस्त हुन नसक्दा सेयर बजार उतारचढावबीच निरन्तर ओरालोतर्फ नै लागिरहेको छ। पर्ख र हेरको सोचमा रहेका लगानीकर्ताहरूले बजारको स्थायी सुधारका लागि राजनीतिक र नीतिगत स्थिरता चाहने विश्लेषकहरू बताउँछन्।


प्रकाशित : सोमबार, वैशाख २२ २०८२१५:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend