आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

सुनाखरी सामुदायिक ‘होमस्टे’मा पहुना आकर्षित हुँदा व्यवसायीमा उत्साह बढ्दै

images
सोमबार, वैशाख २२ २०८२
images
सुनाखरी सामुदायिक ‘होमस्टे’मा पहुना आकर्षित हुँदा व्यवसायीमा उत्साह बढ्दै

विगतका वर्षमा मधेस प्रदेशकै पहिलो सामुदायिक घरबास पर्याप्त प्रचारप्रसार र ‘ब्रान्डिङ’को अभावले अपेक्षाकृतरुपमा पर्यटकको आवागमन बढ्न नसकेपनि यो चालु आवमा भने पर्यटकको आवागमनमा उल्लेखनीय वृद्धि भएको छ।

images
images

पर्सा- पर्साको ठोरी गाउँपालिका-५ सुवर्णपुरमा अवस्थित सुनाखरी मध्यवर्ती सामुदायिक घरबास (होमस्टे) सञ्चालकहरुमा उत्साह बढेको छ। चालु आर्थिक वर्षमा ३ हजार पाहुनाको आवागमनसँगै होमस्टे सञ्चालन गरेका स्थानीयमा उत्साह बढेको हो।

images
images
images

विगतका वर्षमा मधेस प्रदेशकै पहिलो सामुदायिक घरबास पर्याप्त प्रचारप्रसार र ‘ब्रान्डिङ’को अभावले अपेक्षाकृतरुपमा पर्यटकको आवागमन बढ्न नसकेपनि यो चालु आवमा भने पर्यटकको आवागमनमा उल्लेखनीय वृद्धि भएको छ।  सुनाखरी मध्यवर्ती सामुदायिक घरबासका अध्यक्ष शम्भुराम पौडेलले चालु आर्थिक वर्षको मंसिरदेखि फागुनसम्मको ३ महिनाको अवधिमा ६० जनाभन्दा धेरै चलचित्रकर्मी बसेको बताउँछन्।

images
images

चलचित्र छायांकन गर्ने कलाकार तथा प्राविधिक बसेकाले पनि अघिल्ला वर्षको तुलनामा पर्यटकको आवागमन बढेको उनको भनाइ छ। ‘गत आर्थिक वर्षमा करिब १ हजार ८ सय पाहुना आउनुभएको थियो’ उनी भन्छन्, ‘यो वर्षको बैशाख तेस्रो सातासम्मको अवधिमा करिब ३ हजारको हाराहारीमा पर्यटक भित्रिनुभएको छ। पर्यटकको आवागमन बढेसँगै यहाँका स्थानीय होमस्टे सञ्चालकहरुमा उत्साह बढिरहेको छ।’

images
images

निर्माता अनुप पौडेलले नेपाली र भोजपुरी भाषामा आधारित ‘इलेफेन्ट इन द फग’ नामक चलचित्र ठोरी गाउँपालिकाको शिकारीबास र आसपासको क्षेत्रमा छायांकन गरेका थिए। गत आवमा भने यहाँ करिब १ हजार ८ सयको हाराहारीमा पाहुना भित्रिएका थिए। यो घरबास २०७३ सालदेखि १५ घरमा सञ्चालन हुँदै आइरहेको छ।

वीरगञ्ज महानगरक्षेत्रबाट ३४ किलोमिटरको दूरीमा पर्ने घरबासबाट ठोरीको मनोरम दृश्यका साथै विभिन्न खालका जंगली जनावरको अवलोकन गर्न पाइन्छ। यहाँ बाघमोर्चा माई, गुम्बा, प्रणामी मन्दिर, सहिद स्मारक, सुनाखरी वनलगायतका आकर्षण रहेका छन्। यहाँ १५ घरमा अहिले घरबास सञ्चालन भइरहेको छ। एउटा घरबासमा दुई वटा कोठामा पाहुना बस्ने व्यवस्था छ।

सुनाखरी उपभोक्ता समितिका अध्यक्ष भीमबहादुर पाख्रिन प्रदेश सरकारले पर्यटक घुमाउन अनुदानमा सफारी गाडी उपलब्ध गराएको बताउँछन्। तर, उक्त सफारी सेतो नम्बर प्लेटको  भएकाले सार्वजनिक बिदाको दिन पर्यटकलाई घुमाउन समस्या परेको गुनासो गर्छन्। ‘पटक-पटक मधेश मन्त्रालयमा धाइसक्यौँ तर, अहिलेसम्म पनि सो समस्या समाधान हुन सकेको छैन’ उनले भने।

यद्यपि पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सो समस्या समाधानका लागि आवश्यक सहजीकरण गरिदिने प्रतिबद्धता व्यक्त गरेको अध्यक्ष पाख्रिनको भनाइ छ। यहाँका घरबासमा स्थानीयस्तरमा उत्पादन हुने मकैको विशेष परिकार, लोकल कुखुरा र मकैको ढिँडो पाहुनाले रुचाउने गर्छन्। समूहमा पाहुना आउँदा तामाङ समुदायले सांस्कृतिक कार्यक्रम पनि देखाउँदै  आइरहेका छन्। रासस 


प्रकाशित : सोमबार, वैशाख २२ २०८२११:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend