काठमाडौं- राष्ट्र उत्थान लघुवित्तको आईपीओमा फागुन ४ गते आवेदन दिन पाइने भएको छ। कम्पनीले ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ बिक्री खुला गरेको हो।
लघुवित्तले बिक्रीमा ल्याउने सेयरमध्ये जारी पूँजीको ०.५० प्रतिशत अर्थात १३ हजार कित्ता लघुवित्तका कर्मचारीहरुका लागि र कुल जारी सेयरेको ५ प्रतिशत अर्थात ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ। बाँकी ७ लाख ९४ हजार ५०० कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
फागुन ४ गतेदेखि निष्काशन तथा बिक्री खुला हुने आईपीओमा फागुन ८ गते आइतबारसम्म आवेदन दिन सकिनेछ। लघुवित्तको चुक्ता पूँजी १७ करोड ५० लाख रुपैयाँ छ। आईपीओ बिक्रीपछि लघुवित्तको चुक्ता पूँजी २६ करोड रुपैयाँ पुग्नेछ।