शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

लाभांश घोषणा गर्नुअघि जीवन विकास लघुवित्त उत्कृष्ट नाफामा, प्रतिसेयर आम्दानी कति?

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, माघ २५ २०७८
images
लाभांश घोषणा  गर्नुअघि जीवन विकास लघुवित्त उत्कृष्ट नाफामा, प्रतिसेयर आम्दानी कति?
images
images

काठमाडौं- लाभांश घोषणा गर्न लागेको जीवन विकास लघुवित्त चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा उत्कृष्ट नाफा कमाएको छ। चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा लघुवित्तले ४० करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो।

images
images
images

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.१० प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३६ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

images
images

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा अझै गरेको छैन। कम्पनीले ५० देखि ६५ प्रतिशतसम्म लाभांश घोषणा गर्न सक्ने क्षमता रहेको छ। 

images
images

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३२.६५ प्रतिशत बढेको छ। खुद नाफा बढेपनि लघुवित्तको प्रतिसेयर आम्दानी भने बढेको छ।

गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १७९ रुपैयाँ ३० पैसा रहेको लघुवित्तको यस्तो आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ४७ रुपैयाँ २७ पैसा घटेर १३२ रुपैयाँ ४ पैसा पुगेको छ। 

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ४८.१२ प्रतिशत बढेको छ भने जगेडा कोष ७४.४० प्रतिशत बढेको छ। त्यस्तै, लघुवित्तको सापटी १७.२४ प्रतिशत, निक्षेप १७.०६ प्रतिशत र कर्जा २५.५४ प्रतिशत बढेको छ।

 


प्रकाशित : मंगलबार, माघ २५ २०७८०४:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend