मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

सेयर बजारमा ३.३४ अंकको गिरावट, ९ अर्ब २४ करोड रुपैयाँ बराबरको कारोबार

आइतबार, वैशाख २१ २०८२
सेयर बजारमा ३.३४ अंकको गिरावट, ९ अर्ब २४ करोड रुपैयाँ बराबरको कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३.३४ अंकले घटेर २,६२०.३९ बिन्दुमा झरेको हो।

काठमाडौं- साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार सामान्य गिरावटसँगै बन्द भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३.३४ अंकले घटेर २,६२०.३९ बिन्दुमा झरेको हो। बजारमा कारोबार रकम भने उच्च रह्यो। आज कूल ९ अर्ब २४ करोड ५५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

नेप्से परिसूचक लगातार ओरालो लागेको छ। अघिल्लो साता बिहीबार २.०८ अंकले बढेर बजार २,६६१.६० बिन्दुमा पुगेको थियो। तर सो वृद्धि टिक्न नसकी आइतबार नै ३.५८ अंकको गिरावट आएको थियो। सोमबार बजार पुनः १४.५३ अंकले घटेर २,६४७.०७ बिन्दुमा झरेको थियो भने मंगलबार थप १५.०८ अंकले घटेर २,६३१.९८ बिन्दुमा पुगेको थियो।

बुधबार ८.१४ अंकको गिरावटसँगै बजार २,६२३.८३ बिन्दुमा ओर्लिएको थियो। सो दिन कारोबार रकम ९ अर्ब ३७ करोड ४१ लाख रुपैयाँ रहेको थियो, जुन मंगलबारको ७ अर्ब ५७ करोडको तुलनामा वृद्धि हो।

आज आइतबार ११७ कम्पनीको सेयर मूल्य बढ्दा १२८ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। समग्रमा बजार मापक सूचक घटेपनि उच्च कारोबार मूल्यका कारण लगानीकर्ताको सहभागिता उल्लेखनीय देखिएको छ।


प्रकाशित : आइतबार, वैशाख २१ २०८२१५:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend