शनिबार, असोज ५ गते २०८१    
images
images

धितोपत्र बोर्ड अध्यक्षका लागि १५ आवेदक मध्येबाट पहिलो चरणमा ५ जना सिफारिस

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, माघ २५ २०७८
images
images
धितोपत्र बोर्ड अध्यक्षका लागि १५ आवेदक मध्येबाट पहिलो चरणमा ५ जना सिफारिस

सिफारिस समितले पुन: ५ मध्ष्ये बाट ३ जनाको नाम सरकारलाई सिफारिस गर्ने छ।

images
images

काठमाडौै-नेपाल धितापत्र बोर्डको कार्यकारी अध्यक्षका लागि छनोट समितिले पाँच जनाको नाम सर्टलिस्ट गरेको छ। सिफारिस समितले पुन: ५ मध्ष्ये बाट ३ जनाको नाम सरकारलाई सिफारिस गर्ने छ। सरकारले ३ जनामध्येबाट एक जनालाई कार्यकारी अध्यक्षमा नियुक्त गर्नेछ। 

images
images
images

सोमबार बसेको सिफारिस समितिको बैठकले  १५ आवेदक मध्ये ५ जनलाई छनोट गरेको हो। छनोट हुनेमा निरज गिरी, गोपालप्रसाद भट्ट, खगेन्द्र कटुवाल, रमेशकुमार हमाल र कृष्णराज पोखरेल रहेका छन्।  छनोट भएका ५ जनामध्येबाट सिफारिस समितिले ३ जनाको नाम सिफारिस गर्ने छ । 


उक्त पदका लागि उल्लेखित ५ जनासहित मुक्ति अर्याल, रमेश घिमिरे, चिरन्जिवी चापागाईं, नवराज अधिकारी, अम्बिका शर्मा लामिछाने, जीवन अम्गाई, सिताराम थपलिया, केशवप्रसाद श्रेष्ठ, अनिलराज पौडेल र हेमन्त बस्यालले आवेदन दिएका थिए । 

 

images


प्रकाशित : मंगलबार, माघ २५ २०७८०२:३८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend