शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

चुनावी घोषणाले लगानीकर्तामा उत्साह, ३२०० काे बिन्दु र २२ अर्बको रेकर्ड तोड्न सक्ने यस्ता छन् कारण

images
मंगलबार, माघ २५ २०७८
images
चुनावी घोषणाले लगानीकर्तामा उत्साह, ३२०० काे बिन्दु र २२ अर्बको रेकर्ड तोड्न सक्ने यस्ता छन् कारण
images
images

काठमाडौं- सरकारले बैशाख ३० गते स्थानीय तहको चुनाव घोषणा गरेसँगै सेयर बजार नयाँ बुलमा जाने भन्दै लगानीकर्ताले चासो दिइरहेका छन्।  

images
images
images

साताको पहिलो दिन आइतबार ४०.५७ अंकले गिरावट आएको बजार सोमबार भने थामिएको छ। गत साता बिहीबार पनि बजार १४.५८ अंकले घटेको थियो।

images
images

सेयर बजार ३२०० को उच्च बिन्दुमा पुगेर २२०० मा आइपुगेको थियो। एक समय दैनिक कारोबार २२ अर्ब रुपैयाँसम्म पुगेको थियो। विश्लेषकहरुका अनुसार अब चुनावी वर्ष भएकोले ४००० सम्म बजार पुगेमा आश्चर्य नहुने बताउँदै आएका छन्। 

images
images

सोमबार भने बजार १५.६९ अंकले बढेर २८५१.८६ बिन्दुमा पुगेको छ। सोमबार ९५ लाख १२ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २ करोड रूपैयाँको कारोबार भएको छ।

केही चुनावबाहेक चुनावी वर्षहरुमा सेयर बजार उच्च अंकले बढेको तथ्यांकले देखाउँछ। खासगरी बजारको उकालो यात्रामा सहयोगी देखिने चुनावी वर्षको तथ्यांकले लगानीकर्ताको मनोविज्ञानमा परिवर्तनको आश देखाउँछ।  

अब २०७९ साल चुनावी वर्षको रूपमा आउँदै छ। जसका कारण पनि लगानीकर्ताहरू हाल पर्ख र हेरको अवस्थामा रहेका छन्। चुनाव घोषणा भएसँगै लगानीकर्ता उत्साहित हुने विश्लेषक छोटेलाल रौनियार बताउँछन्। २०५० माघमा १०० रहेको नेप्से सूचकांक अहिले २०७८ माघ २४ गते २८५१.८६ बिन्दुमा आइपुगेको छ। खासगरी विगतदेखि नै चुनावी वर्षहरूमा सेयर बजार उच्च अंकमा जाने गरेको छ।

यसवर्ष पनि चुनावी हल्ला चल्न थालेपछि सेयर बजार बढ्ने र घट्ने भइरहेको छ। गत पुस ५ गतेदेखि लगातार बढेको बजार केही उतारचढा हुँदै सेयर बजार बढ्ने क्रम भने रोकिएको छैन।

अपवादबाहेक सेयर बजार चुनावका कारण बढ्दै आएको तथ्यांकले देखाउँछ। विश्लेषकहरू चुनावमा धेरै पैसा खर्च हुने र बजारमा पैसा आउने भएकोले सेयरमा लगानी बढ्ने गरेको बताउँछन्।

‘चुनावले सेयर बजारमा सधैँजसो उत्साह ल्याउने गरेकोले यसवर्ष पनि चुनावले नयाँ उचाइमा पुर्‍याउने अनुमान गरिएको छ,’ विश्लेषक छोटेलाल रौनियारले भने। चुनावमा सरकारी र अनौपचरिक खर्च पनि धेरै हुने भएकोले बैंकमा तरलता अभावसमेत नहुने हुँदा लगानी बढ्ने गरेको रौनियारको बुझाइ छ। 

सेयर विश्लेषक विष्णु बस्याल भने चुनावकै कारण सेयर बजार बढ्ने कुरामा सत्यता नरहेको बताउँछन्। चुनावको समयमा सेयर बजार बढ्ने ट्रेन्डमा रहँदा बढ्ने गरेको र घट्दो ट्रेन्डमा रहँदा घट्ने गरेको उनी बताउँछन्। 

localinternet.png


प्रकाशित : मंगलबार, माघ २५ २०७८०१:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend