बिहीबार , जेठ ८ गते २०८२    
बिहीबार , जेठ ८ २०८२
images
images

करिडोरले फेरिँदै हर्मिचौरवासीको जीवनस्तर

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, वैशाख २० २०८२
images
करिडोरले फेरिँदै हर्मिचौरवासीको जीवनस्तर

कोरलानाका हुँदै चीनको मानसरोवर जोड्ने करिडोरको गुल्मीमा ३९ किलोमिटर भाग पर्दछ। गुल्मीका रुरुक्षेत्र, सत्यवती र कालीगण्डकी गाउँपालिकाका नागरिक करिडोरबाट लाभान्वित छन्।

images
images

तम्घास- 'पहिले रिडी पुग्न हिँडेर सात घण्टा लाग्थ्यो, अहिले गाडीमा आधा घण्टामै पुगिन्छ', कालीगण्डकी गाउँपालिका-१ हर्मिचौरका रामप्रसाद पाण्डेले भने, 'करिडोरले हाम्रो दैनिकी बदलिदिएको छ।' कालीगण्डकी करिडोर नबन्दै हर्मिचौरलगायतका भेगका नागरिक सदरमुकाम तम्घास जान पाल्पाको सडक प्रयोग गर्नुपर्नेमा अहिले भने सिधा रिडीको बाटो प्रयोग गर्न सकिने पाण्डेले बताए।

images
images
images

हर्मिचौरमा सिलाइ-कटाइ पसल सञ्चालन गरिरहेएका वीरबहादुर दर्जीलाई पनि सामान ल्याउन करिडोर निर्माणपछि सहज भएको छ। पहिले बागलुङबाट सामान ल्याउनुपर्दा समस्या रहेकामा अहिले करिडोर निर्माणपछि बुटवल आवतजावत गर्न सहज भएको उनले सुनाए। 'सामान ल्याउन र बिक्री गर्न बाटोका कारण केही समस्या थियो, करिडोर निर्माण भएपछि सहज कम मूल्यमै सामान ल्याउन सकिएको छ', उनले भने। उनले आफू र आफूजस्तै व्यवसायीलाई करिडोर निर्माणले सहज बनाएको बताए।

images
images

कोरलानाका हुँदै चीनको मानसरोवर जोड्ने करिडोरको गुल्मीमा ३९ किलोमिटर भाग पर्दछ। गुल्मीका रुरुक्षेत्र, सत्यवती र कालीगण्डकी गाउँपालिकाका नागरिक करिडोरबाट लाभान्वित छन्। 

images
images

करिडोर निर्माणपछि सदरमुकाम तम्घाससम्मको आवतजावत, विद्यालय तथा स्वास्थ्य संस्थासम्मको पहुँच सहज भएको छ। त्यसैगरी बुटबल, पोखरा र काठमाडौंसम्मको दूरी पनि छोट्टिएको छ। करिडोर नहुँदा यहाँबाट काठमाडौं जान बाग्लुङ वा रिडी गएपछि मात्र बस चढ्नु पर्दथ्यो भने अहिले घरबाटै रात्रिकालीन सेवाको बस चढ्न पाइने भएको सत्यवतीकी मीना क्षेत्रीले बताए। 

रिडीबाट पूर्तिघाटसम्मको व्यापार गुल्मी सदरमुकाम भन्दा बुटबल र बागलुङसँग बढी नजिक छ। त्यसमा सडकले थप सहजता मिलेको छ। करिडोर (गुल्मी खण्ड) निर्माण सम्पन्न भएपछि सडक क्षेत्रमा सयौँको सङ्ख्यामा व्यापारिक फर्महरू खुलेका छन्। होटल तथा रेष्टुराँ कृषि फार्म, कपडा पसल, गल्ला तथा किराना पसल, कस्मेटिकलगायत खुल्न थालेको कालीगण्डकी गाउँपालिका पूर्तिघाटका लिलबहादुर केसीले बताए। 'करिडोर निर्माणले पर्यटक प्रवर्द्धनमा समेत सहयोग मिलेको छ', उनले भने।

व्यावसायिक फर्महरू स्थापना हुँदा एकातर्फ गाउँमै रोजगारी सृजना भएको छभने अर्कातर्फ स्थानीय उत्पादनको बजारीकरण भएको छ। फार्महरू पालिकामा दर्ता हुँदा स्थानीय सरकारको राजस्वमा समेत वृद्धि भएको त्यस क्षेत्रका पूर्वसासंद एवं लुम्बिनी प्रदेशका पूर्वमन्त्री सुदर्शन बरालले बताए। 'करिडोरले यातायात मात्र होइन, यस क्षेत्रको भविष्य नै बलियो बनाएको छ, करिडोर निर्माण नभएको भए यो विकट रहन्थ्यो', उनले भने। 

नवलपरासीको गैँडाकोटबाट चीनको उत्तरी भाग कोरलासम्म फैलिएको कालीगण्डकी करिडोर दुई सय ५४ किलोमिटरको छ। जसमा नवलपुलमा ७८, पाल्पा र बाग्लुङमा ३६ किलोमिटर सडकखण्ड पर्छ। हालसम्म १९७.३ किलोमिटर सडक कालोपत्र भएको छ। करिडोरले नवलपुरका तीन, पाल्पाका पाँच, गुल्मीका तीन तथा बागलुङमा एक पालिका छोएको छ। 

करिडोरमा बनाउनुपर्ने ५९ पुलमध्ये ३५ वटा निर्माण सम्पन्न भएका छन्। सातवटा निर्माणाधीन छन् भने १७ पुलको ठेक्का हुन बाँकी रहेको कालीगण्डकी करिडोर कार्यालयका इञ्जिनियर अरुण खत्रीले जानकारी दिए। रासस


प्रकाशित : शनिबार, वैशाख २० २०८२१७:२७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend