काठमाडौं- चालु आर्थिक वर्षको साउनदेखि माघ २४ गतेसम्म राजस्व अनुसन्धान विभागले तीन दर्जनभन्दा बढी कम्पनीविरुद्ध राजस्व छली गरेको आरोपमा अदालतमा मुद्दा दायर गरेको छ।
विभागले झन्डै ८ अर्ब रुपैयाँभन्दा बढी राजस्व छली गरेको भन्दै विभिन्न उच्च अदालतमा मुद्दा दर्ता गरेको हो। विभागले चालु आर्थिक वर्षमा सबैभन्दा पहिले एभरेष्ट मोबाइल सेन्टरका विष्णु न्यौपानेले मोबाइल बिक्री वितरणमा फरक तथ्यांक पेस गरी राजस्व छली (भ्याट तथा आयकर) गरेको भन्दै मुद्दा दायर गरेको हो।
यसैगरी विभागले माघ २४ गते मात्रै बिल बिना मेटलको वर्षौदेखि कारोबार गरेको भन्दै सुर्य मेटलका चार जना सञ्चालक विरुद्ध १२ करोडको मुद्दा दायर गरेको हो। उनीहरूले बिलबिजक बिना कारोकार गरेको भन्दै विभागले मुद्दा दायर गरेको हो।
यसैगरी विभागले सांग्रिला ट्रेड एण्ड सप्लायर्स र महालक्ष्मी ट्रेड कन्सर्न लगायत १७ कम्पनी विरुद्ध २ अर्ब ३६ करोड राजस्व छली गरेको आरोपमा मुद्दा दायर गरेका थियो।
विभागले झुट्टा तथा नकक्ली मूल्य अधिवृद्धि विजक प्रयोग गरी भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको आरोपमा मुद्दा दायर गरेको हो।
यसैगरी विभागले ५ करोड ५६ लाख ४३ हजार रुपैयाँ नक्कली अन्तःशुल्क स्टिकर प्रयोग गरी राजस्व चुहावट गरेको अभियोगमा विगो असुल गरी जरिवाना र कैद सजाय मागदावी कृष्टल बोटलर्सका सन्चालक फुलसिंह क्षेत्री, माउन्ट एभरेष्ट डिष्टिलरी प्रालि सञ्चालक मृगेन्द्र गोविन्द श्रेष्ठ, तथा जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ दरखसवा स्थायी ठेगाना भएका मोहमद साहिद अन्सारी समेत १२ जनालाई कात्तिक २९ गते उच्च अदालत तुल्सीपुर बुटवलमा मुद्दा दायर गरेको थियो।
यसैगरी विभागले विकास मित्तल, कमल मित्तल, गणेश पौडेल र दाजुभाई इन्टरप्राइजेजका प्रोपाइटर समुन्द्र पौडेलले राजस्व चुहावट गरेको भन्दै विभागले २०७८ मंसिरमा मुद्दा दायर गरेको हो। विभागले विकास मित्तलको हकमा ३ करोड ९२ लाख, गणेश पौडेलको हकमा १ करो८ ९५ लाख, समुन्द्र पौडेल र गणेश पौडेलको हकमा १ करोड ९ लाख रुपैयाँ र कमल मित्तलको हकमा १४ लाख ४७ हजार रुपैयाँ बिगो कायम गरी उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको हो।
यसैगरी विभागले उज्वल ट्रेड कन्सर्न को प्रोपाइटर रामवावुप्रसाद यादव, दिव्या ट्रेड कन्सर्नका प्रोपाइटर सरोज मण्डल, टोनी कन्सर्न ट्रेडका प्रोपाइटर शान्तिराम सिटौला र यिनै २ वटा कम्पनीको खाता सञ्चालक प्रदिप साह गोढले वस्तु तथा सेवाको कारोवार नगरी झुट्टा तथा नक्कली मुअकर विजक मात्र जारी २९ करोड ७७ लाख ७४ हजार रुपैयाँ राजस्व छली गरेको भन्दै उच्च अदालत पाटनमा मंसिरमा मुद्दा दायर गरेको हो।
यसैगरी विभागले कशौधन कबाड सप्लार्यसले सामान अन्य फमको नाममा समान खरिद गरी उक्त सामान विभिन्न व्यक्तिलाई बिक्री गरी राजस्व छली २ जना प्रमोद कुमार गुप्ता र गोविन्द कुमार कशौधनले ४४ करोड ७३ लाख ८६ हजार ९ सय ५८ रुपैयाँ राजस्व छली गरेको भन्दै मुद्दा दर्ता गरेको हो।
यादव विजनेश ट्रेड लिंकका जय किशोर शाह, परमेश्वर शाह, मुकेश कुमार झा, सानु कुमार श्रेष्ठ, सोनालाल प्रसाद यादवले कुल २४ करोड ४१ लाख २२ हजार ४ सय ६६ रुपैयाँ राजस्व छली गरेको आरोपमा मुद्दा दायर गरेको हो।
साथै विभागले सत्य शिवंम कस्ट्रक्सनका रामकुमार प्याकुरेल र संगिता कुमार झाले नक्कली बिजक बनाएर १ करोड एक लाख ५२ हजार ३ सय ८६ रुपैयाँ कर छली गरेको आरोपमा मुद्दा दायर गरेको हो।
अन्य
- अर्जनु प्रसाद थपलियाले सुन तस्कर गरी १ करोड ८७ लाख ४७ हजार २ सय रुपैयाँ राजस्व छली गरेको भन्दै मुद्दा दर्ता।
- सोनिया इन्टर प्राइजेजका लोक बहादुर भुजेल नक्कली बिजक बनाइ २३ करोड ९४ लाख १ हजार ८ सय ७२ रुपैयाँ कर छली गरेको भन्दै मुद्दा दर्ता।
- सरकारी कर्मचारी प्रमोद पौडेल,नानुका पोखरेल, लक्षमी विश्वकर्मा र किशोर आचार्यले चोरी पैठारीमा सहयोग गरेर १ करोड ६० लाख ७५ हजार ३ सय ७८ रुपैयाँ राजस्व छली गरेको आरोपमा मुद्दा दर्ता।
- लार्ज ट्रेड लिंक प्रालिका अर्जुन प्रसाद पटेल, जय किशोर शाह, सुर्यजित प्रसाद शाह, तोयानाथ अधिकारले ३६ करोड ७० लाख ४४ हजार ५ सय ७२ रुपैयाँ राजस्व छली गरेको भन्दै मुद्दा दर्ता।
- तुराहा सप्लायर्सका हरिनारयण शाह तुराह, सुर्यजित प्रकाश शाह, किशोर शाहले नक्कली बिलबिजवक बनाइ ४ करोड ३७ लाख ९६ हजार २ सय ४८ रुपैयाँ राजस्व छली गरेको आरोपमा मुद्दा दर्ता।
- युनिक लुद्धिन इन्टरनेश्नलका जमालद्धिन अन्सरी, जयकिशोर शाह, सुर्यजित प्रकाश शाह र तोयनाथ अधिकारी ३२ करोड ८ लाख ९२ हजार ८ सय६६ रुर्पैयाँ राजस्व छली गरेको आरोपमा मुद्दा दर्ता।
- न्यु माया ट्रेड कन्सर्नमा भुवन मुखियाले विन बिलबिजक ६२ लाख ८५ हजार ३ सय १२ रुपैयाँ राजस्व छली गरेको भन्दै मुद्दा दर्ता।
- बुद्ध ज्वेलरी वर्क शपका बुद्ध विश्वकर्मा, मेघराज विश्वकर्मा, अमिर लगुन विश्व कर्मा र बुद्धिमान खातीले सुन पैठारीबाट २४ करोड ११ लाख ७१ हजार ९ सय ५६ रुपैयाँ राजस्व छली गरेको भन्र्दै मुदु्दा दर्ता।
- बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिनाका मुख्य आरोपित शोभाकान्त ढकाल सहित उनकी पत्नी उमाकुमार ढकाल तथा परिवारका सदस्य सरोज ढकाल, सान्टु श्रेष्ठ र राजेश्वर श्रेष्ठ विरुद्ध १ अर्ब २० करोड बिगो र १ अर्ब २० करोड रूपैयाँ नै सजाय हुने बिगो रकमसहित मुद्दा दर्ता।
- अनलाइन माध्यमबाट डलरको अवैध कारोबार गरेको भन्दै राजस्व अनुसन्धान विभागले दिनेश खड्का, दिनेश खड्काको दिदी प्रतिवादी भगवती खड्का तथा वुवा प्रतिवादी नर बहादुर खड्का र दिनेश खड्काको केटी साथी अनिता धिताल विरुद्ध ३७ करोड राजस्व छली गरेको आरोपमा मुद्दा दर्ता।
- अभि ट्रेर्डस कलैयाको ७ जना विरुद्ध ५८ लाख ७९ हजार ७ सय ४६ रुपैयाँ राजस्व छली गरेको आरोपमा मुद्दा दर्ता।
- न्यु कालिका सप्लायर्स राजेन्द्र शर्मा विरुद्ध १करोड ७२लाख ६ हजार ५ सय २८ रुपैयाँ राजस्व छली गरेको आरोपमा मुद्दा दर्ता।
- आर्यन अक्षत स्टोर्स रन्जित कुमार र मनिषा जैसवाल विरुद्ध पनि ९२ लाख ४६ हजार ९८ रुपैयाँ राजस्व छली गरेको आरोपमा मुद्दा दर्ता।