शनिबार, जेठ १७ गते २०८२    
शनिबार, जेठ १७ २०८२
images
images

प्रतिनिधिसभामा नीति कार्यक्रममाथि ६ दिन छलफल हुने

images
शुक्रबार, वैशाख १९ २०८२
images
images
प्रतिनिधिसभामा नीति कार्यक्रममाथि ६ दिन छलफल हुने

वार्षिक नीति तथा कार्यक्रममाथि छलफल र प्रधानमन्त्रीबाट जवाफका लागि यही बैशाख २२, २३, २४, २५, २६ र २८ गतेका दिन तोकेको छ।

images
images

काठमाडौ‌ं- संघीय संसदमा प्रस्तुत सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा ६ दिन छलफल हुने भएको छ।

images
images
images

प्रतिनिधिसभाको दोस्रो बैठकमा सभामुख देवराज घिमिरेले वार्षिक नीति तथा कार्यक्रममाथि छलफल र प्रधानमन्त्रीबाट जवाफका लागि यही बैशाख २२, २३, २४, २५, २६ र २८ गतेका दिन तोकेको जानकारी गराए।

images
images

उनले नीति तथा कार्यक्रममाथिको छलफल दलीय प्रतिनिधित्वको आधारमा गर्न सांसदको नाम बैठक प्रारम्भ हुनुभन्दा एक घन्टा अगावै कार्यव्यवस्था शाखामा उपलब्ध गराउन सम्बन्धित दलका पदाधिकारीलाई आग्रह गरेका छन्।

images
images
images

सभामुख घिमिरेले नीति कार्यक्रममाथि संशोधन राख्न चाहने सांसदले सोको सूचना बैशाख २० र २१ गते बिहान ११ देखि अपराह्न ३ बजेभित्र कार्यव्यवस्था शाखामा दिन सक्ने बताएका छन्। प्रतिनिधिसभाको अर्को बैठक बैशाख २२ गते बिहान ११ बजे बस्नेछ। रासस


प्रकाशित : शुक्रबार, वैशाख १९ २०८२१७:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend