सोमबार, असार २३ गते २०८२    
सोमबार, असार २३ २०८२
images
images

बिलबिना मेटलको वर्षौंदेखि कारोबार, सुर्य मेटलका चार जना सञ्चालकविरुद्ध १२ करोडको मुद्दा 

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, माघ २४ २०७८
images
images
बिलबिना मेटलको वर्षौंदेखि कारोबार, सुर्य मेटलका चार जना सञ्चालकविरुद्ध १२ करोडको मुद्दा 

विगो, जरिबाना र सजाय माग गर्दै विभागले कम्पनी र सञ्चलाकहरु विरुद्ध मुद्दा दर्ता गराएको हो। 

images
images

काठमाडौं- वर्षेनी करोडौंको कारोबार गर्ने सुर्य मेटल इन्डष्ट्रिजले बिलबिजक बिना कारोकार गरेको खुलेको छ। 

images
images

धराको यो कम्पनीले कर छल्ने नियतबाट गैरकर बिलबाट कारोबार गर्ने गरेको राजस्व अनुन्धान विभागको अनुसन्धानबाट देखिएको छ। 

images
images

यो कम्पनीले ८  करोड ५३ लाख २० हजार २०३ रुपैयाँ मूल्य अभिवृद्धि कर छली गरेको र ३ करोड ६६ लाख २० हजार ४४० रुपैयाँ आयकर छली गरेको विभाको अनुसन्धानले देखाएको छ। 

images
images
images

बिल बिना कारोबार गरी कूल १२ करोड १९ लाख ४० हजार ६४३ रुपैयाँ कर छली गरेर ऐन विपरीत कार्य गरेको भन्दै चार जना सञ्चालक विरुद्ध विभागले मुद्दा दर्ता गराएको छ। 

विभागले उद्योगका सञ्चालकहरु धरानका  उत्तम कुमार ताम्राकार, चन्द्रेशवरी ताम्राकार, अनुप ताम्राकार र  निर्मल कुमार ताम्राकार विरुद्ध उच्च अदालत विराटनगरमा मुद्दा दर्ता गराएको छ। 

विगो, जरिबाना र सजाय माग गर्दै विभागले कम्पनी र सञ्चलाकहरु विरुद्ध मुद्दा दर्ता गराएको हो। 


प्रकाशित : सोमबार, माघ २४ २०७८१२:३३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend