शुक्रबार, साउन १६ गते २०८२    
शुक्रबार, साउन १६ २०८२
images
images

छुटेका बालबालिकालाई बैशाख ३१ गते खोप लगाइने

images
शुक्रबार, वैशाख १९ २०८२
images
images
छुटेका बालबालिकालाई बैशाख ३१ गते खोप लगाइने

नेपालमा ५ वर्षमुनिका ९५ प्रतिशत बालबालिकाले पूर्ण खोप लगाइसकेका छन्।

images
images

काठमाडौं- सरकारले खोप लगाउन छुट भएका ५ वर्षमुनिका बालबालिकालाई यही बैशाख ३१ गते खोप लगाउने भएको छ। स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाप्रमुख डा. अभियान गौतमले छुटेका बालबालिकालाई ९ प्रकारका नियमित खोप लगाइने जानकारी दिए।

images

‘नियमित खोप लगाउन छुटेका ५ वर्षमुनिका बालबालिकालाई हामीले वैशाख ३१ गते खोप लगाउँदैछौँ’ उनले भने, ‘त्यो दिन विगतमा नियमित खोप लगाउन छुटेका बालबालिकाले खोप लगाउनेछन्।’

images
images

नेपालमा ५ वर्षमुनिका ९५ प्रतिशत बालबालिकाले पूर्ण खोप लगाइसकेका छन्। शाखाप्रमुख डा. गौतमले छुटेका ५ प्रतिशत बालबालिकालाई खोजी गरेर खोप लगाइने बताए।

images
images
images

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप लगाउन छुट भएका आ-आफ्ना सबै बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा लगेर खोप लगाउन अभिभावकलाई आग्रह गरेको छ। रासस 


प्रकाशित : शुक्रबार, वैशाख १९ २०८२१२:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend