सोमबार, असार २३ गते २०८२    
सोमबार, असार २३ २०८२
images
images

माघमा ६ अर्बले ऋण बढ्दा १३ अर्ब निक्षेप घट्यो 

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, माघ २४ २०७८
images
images
माघमा ६ अर्बले ऋण बढ्दा १३ अर्ब निक्षेप घट्यो 

यो अवधिमा विदेशी मुद्राको निक्षेप पनि घटेको छ। पुस मसान्तको तुलनामा १ अर्ब बराबरको विदेशी मुद्राको निक्षेप न्यून भएको छ। 

images
images

काठमाडौं- माघ महिनामा पनि वाणिज्य बैंकहरुले निक्षेपभन्दा ऋण परिचालन अधिक गरेका छन्। 

images
images

वाणिज्य बैंकहरुको संघ नेपाल बैंकर्स एसोसिएसनको तथ्यांक अनुसार माघ तेस्रो सातासम्म पुग्दा वाणिज्य बैंकहरुले प्रणालीबाट १३ अर्ब निक्षेप गुमाएका छन्। पुस मसान्तको तुलनामा माघको २१ गतेका दिनसम्म १३ अर्ब न्यून निक्षेप सीमित भएको छ। पुस मसान्तमा कूल निक्षेप ४३ खर्ब २४ अर्ब रुपैयाँसम्म पुगेको थियो। माघ २१ गतेसम्म आइपुग्दा ४३ खर्ब ११ अर्बमा सीमित भएको छ। 

images
images

यो अवधिमा विदेशी मुद्राको निक्षेप पनि घटेको छ। पुस मसान्तको तुलनामा १ अर्ब बराबरको विदेशी मुद्राको निक्षेप न्यून भएको छ। 

images
images
images

यो अवधिमा ऋण भने बढेको छ। चालु आर्थिक वर्षको दोस्रो महिनादेखि नै निक्षेप घट्ने ऋण बढ्ने प्रवृत्ति चल्दै आएको छ। पुस मसान्तको तुलनामा माघ तेस्रो सातासम्म पुग्दा ६ अर्ब ऋण बढेको छ। पुस मसान्तमा ४१ खर्ब ४३ अर्ब ऋण प्रावाह पुगेको थियो। माघ तेस्रो सातासम्म पुग्दा यो आँकडा ४१ खर्ब ४९ अर्ब पुगेको छ। यो अवधिमा विदेशी मुद्रामा हुने ऋण प्रवाहमा कमी आएको छ। पुस मसान्तसम्म १ खर्ब १ अर्ब विदेशी मुद्राको ऋण प्रवाह भएकोमा माघ तेस्रो सातासम्म  सो आँकडा ८८ अर्बमा सीमित भएको छ। 

पछिल्लो समय नेपाल राष्ट्र बैंकले आयातमा कडाइ गरेपछि विदेशी मुद्रामा हुने कर्जा प्रवाहमा केही कमी आएको देखिएको हो। 


प्रकाशित : सोमबार, माघ २४ २०७८११:०८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend