मंगलबार, वैशाख २३ गते २०८२    
मंगलबार, वैशाख २३ २०८२
images
images

कालीगण्डकी तर्न साँघुको भर, ४० परिवारको जीविकोपार्जनमा समस्या

images
शुक्रबार, वैशाख १९ २०८२
images
कालीगण्डकी तर्न साँघुको भर, ४० परिवारको जीविकोपार्जनमा समस्या

याकचौँरी र बाख्रापालन गर्दै आएका सौरु र सिरकुङका गाउँले हिउँदमा अस्थायी साँघुबाट नदी तर्छन्।

images
images

मुस्ताङ- थासाङ गाउँपालिका-२ का कोवाङ, लार्जुङ र खन्ती गाउँ राष्ट्रिय राजमार्गसँग जोडिँदा सोही वडाका सौरु र सिरकुङ कालीगण्डकी नदीका कारण अगम्य भएका छन्। ४० परिवारको बसोबास रहेको सौरु र सिरकुङका मान्छेको जीविकोपार्जनको स्रोत कृषि र पशुपालन हो।

images
images
images

कालीगण्डमा पुल नहुँदा उनीहरुलाई आफ्ना उत्पादन स्याउ, उवा, फापर, जौ, सिमी, बोडी र सागसब्जी बजार पुर्‍याउन समस्या छ। याकचौँरी र बाख्रापालन गर्दै आएका सौरु र सिरकुङका गाउँले हिउँदमा अस्थायी साँघुबाट नदी तर्छन्।

images
images

तर, वर्षायाममा ३ घण्टाभन्दा बढी पैदल कोखेठाटीको बाटोबाट राजमार्गमा पुग्नुपर्ने बाध्यता छ। बर्खामा वडा र गाउँपालिका कार्यालय, माध्यमिक तहका विद्यार्थीलाई विद्यालय पुग्न र स्वास्थ्य सेवा प्राप्त गर्न सास्ती भएको सौरुका सोजन हीराचनले बताए।

images
images

संघीय व्यवस्था प्रारम्भ हुनुअघि साविक जिल्ला विकास समितिले पनि सौरु र सिरकुङलाई राजमार्गसँग जोड्न कालीगण्डकीमा पुल बनाउने प्रयास नगरेको होइन। स्थानीयको सहयोगमा बनाइएको पुलको आरसीसी पिल्लर बाढीले पुरेपछि हालसम्म पुल बन्ने लक्षण नदेखिएको उनको गुनासो छ।

२०७७ साल ३० वैशाखमा सस्पेन्सन ब्रिज डिभिजन कार्यालले ५७० मिटर लामो सस्पेन्सन पुलको योजना अघि बढायो। इलाइट रुविना कन्ट्रक्सनसँग ५ करोडमा ठेक्का सम्झौता भएको सस्पेन्सन पुलको काम हाल अलपत्र परेको थासाङ-२ का वडाध्यक्ष गौतम शेरचनले जानकारी दिए। रासस 


प्रकाशित : शुक्रबार, वैशाख १९ २०८२१०:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend