शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

उच्च अंकबाट ६३ प्रतिशतसम्म घटेको निफ्राको सेयरमा किन पुनः झुम्मिए लगानीकर्ता?

images
सोमबार, माघ २४ २०७८
images
उच्च अंकबाट ६३ प्रतिशतसम्म घटेको निफ्राको सेयरमा किन पुनः झुम्मिए लगानीकर्ता?
images
images

काठमाडौं- सेयर बजारको बढ्दो क्रममा सूचीकृत भएको नेपाल इन्फ्राष्ट्रक्चर डेभलपमेन्ट बैंक (निफ्रा) मा पुनः लगानीकर्ता झुम्मिएका छन्।

images
images
images

साेमबार कम्पनीकाे १२ लाख २७ हजार २ सय ७५ कित्ता खरिद ब्रिक्री हुँदा ४९ कराेड ३४ लाख रुपैयाँ बराबरकाे काराेबार भएकाे छ। कम्पनीकाे साेमबार प्रतिकित्ता ३२ रुपैयाँले सेयर मूल्य बढेकाे छ। निफ्राको सेयर प्रतिकित्ता ४ सय १२ रूपैयाँमा पुगेर कारोबार बन्द भएको छ। यता कम्पनीकाे बजार पुँजीकरण ८२ अर्ब रुपैयाँ पुगेकाे छ।

images
images

nifra 1.png

images
images

जसका कारण साताको दोस्रो दिन निफ्राको उच्च कारोबारसँगै सेयर मूल्यसमेत उच्च अंकले बढेको छ। केही समय अगाडि २६८.५० रुपैयाँसम्म झरेको सेयर मूल्य फेरि बढ्न थालेको हो। कम्पनीको सेयर मूल्य उच्च अंकबाट ६३ प्रतिशतसम्म घटेको थियो।  

३४० रुपैयाँबाट कारोबार सुरु भएको कम्पनी ७२६ रुपैयाँसम्म पुगेको थियो। तर नेप्से परिसूचक लगातार घटेपछि निफ्राको सेयर मूल्य २६८ रुपैयाँसम्म झरेको थियो। निफ्राको ५२ हप्ताको कारोबारमा सबैभन्दा अधिकतम ७२६ र न्यूनतम २६८.५० रुपैयाँ सेयर मूल्य रहेको थियो। 

निफ्राले विद्युत व्यापारको लाइसेन्स पाउँदै 

विद्युत व्यापारमा नेपाल विद्युत प्राधिकरणको एकाधिकार तोडिने गरी सरकारले नयाँ प्रक्रिया सुरु गरेको छ। सरकारले निफ्रा र नेपाल पावर एक्स्चेन्ज लिमिटेड (नेपेक्स) कम्पनीलाई विद्युत व्यापारमा सहभागी गराउने गरी प्रक्रिया अगाडि बढेको छ। 

गत बैशाखमा विद्युत निर्यात गर्ने उद्देश्यले छुट्टै विद्युत व्यापार कम्पनी खोल्नका लागि निफ्राले ऊर्जा मन्त्रालयमा प्रस्ताव गरिसकेको छ। ऊर्जा मन्त्रालयले निफ्रा र नेपेक्स दुवै कम्पनीलाई लाइसेन्स दिनेगरी नयाँ प्रक्रिया सुरु गरेको हो।  

कम्पनी उत्कृष्ट नाफामा 

दोस्रो बजारमा हटकेक बनेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ४४ करोड २६ लाख ४८ हजार खुद नाफा कमाएको छ। गत वर्षभन्दा यस वर्ष नाफा २५ दशमलव ६६ प्रतिशत वृद्धि भएको हो। गत वर्ष यस अवधिसम्म कम्पनीले ३५ करोड २२ लाख ५५ हजार रुपैयाँ नाफा गरेको थियो।

यस वर्ष कम्पनीको वितरणयोग्य नाफा पनि २६ दशमलव ३० प्रतिशत वृद्धि भएको छ। दोस्रो त्रैमाससम्म निफ्राको प्रतिसेयर आम्दानी ४.४३ रुपैयाँ गरेको छ। 


प्रकाशित : सोमबार, माघ २४ २०७८०९:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend