मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

सेयर बजारमा लगातार गिरावट, बुधबार ८ अंकले घट्यो

बुधबार, वैशाख १७ २०८२
सेयर बजारमा लगातार गिरावट, बुधबार ८ अंकले घट्यो

आज १ सय ७ वटा कम्पनीको सेयर मूल्य बढ्दा १ सय ३६ वटा कम्पनीको सेयर मूल्यमा भने गिरावट आएको छ।

काठमाडौं- यो साताको पहिलो कारोबारमा सामान्य बढेको सेयर बजार त्यसयता निरन्तर घटिरहेको छ।

आइतबार सामान्य अंकले बढेर सोमबार घटेको सेयर बजारमा मंगलबार पनि गिरावट आएको थियो। बुधबार पनि बजार ओरालोतर्फ नै लागेको छ। मंगलबारको तुलनामा बुधबार कारोबार रकममा भने वृद्धि भएको छ।

बुधबार बजार ८.१४ अंकले घटेर २६२३.८३ बिन्दुमा ओर्लँदा ९ अर्ब ३७ करोड ४१ लाख रूपैयाँको कारोबार भएको छ। आज १ सय ७ वटा कम्पनीको सेयर मूल्य बढ्दा १ सय ३६ वटा कम्पनीको सेयर मूल्यमा भने गिरावट आएको छ।

अघिल्लो साता लगातार घटेर अन्तिम कारोबारमा बिहीबार २.०८ बढेको सेयर बजार यो साताको पहिलो कारोबारमा आइतबार ३.५८ अंकले बढेर २६६१.६० बिन्दुमा पुगेको थियो। सोमबार बजार पुन: १४.५३ अंकले घटेर २६४७.०७ बिन्दुमा झरेको थियो।

मंगलबार १५.०८ अंकले घटेर बजार २६३१.९८ बिन्दुमा पुग्दा ७ अर्ब ५७ करोडको कारोबार भएको थियो।


प्रकाशित : बुधबार, वैशाख १७ २०८२१५:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend