शुक्रबार, वैशाख १९ गते २०८२    
शुक्रबार, वैशाख १९ २०८२
images
images

यो वर्षको आर्थिक वृद्धिदर ३.९९ प्रतिशत हुने, सबै समूहको सुधार हुने अनुमान

images
बुधबार, वैशाख १७ २०८२
images
यो वर्षको आर्थिक वृद्धिदर ३.९९ प्रतिशत हुने, सबै समूहको सुधार हुने अनुमान

उपभोक्ता मूल्यका आधारमा नेपालको कुल गार्हस्थ्य उत्पादन ४.६१ प्रतिशतले बढ्ने अनुमान गरिएको छ।

images
images

काठमाडौं- राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्ष ३.९९ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने प्रक्षेपण गरेको छ।

images
images
images

चालु आर्थिक वर्ष सरकारले ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखे पनि कार्यालयले लक्ष्यभन्दा कम आर्थिक वृद्धिदर हासिल हुने प्रक्षेपण गरेको छ। गत आर्थिक वर्ष ३.३६ प्रतिशत आर्थिक वृद्धिदर हासिल भएको थियो।

images
images

यस अवधिमा कृषि वन तथा मत्स्य ३.२८ प्रतिशत, खानी तथा उत्खनन १.९९ प्रतिशत, उद्योग ३.७८ प्रतिशत, विद्युत तथा ग्यास १३.८२ प्रतिशत, पानी आपुर्ति २.०९ प्रतिशत, निर्माण २.२१ प्रतिशत, थोक तथा खुद्रा व्यापार ३.३० प्रतिशत, यातायात ९.५४ प्रतिशत, आवस तथा भोजन सेवा ५ प्रतिशत, सुचना तथा सञ्चार ४.८१ प्रतिशतले बढ्ने अनुमान गरिएको छ।Screenshot 2025-04-30 at 18.04.00.png

images
images

यस्तै, वित्त तथा बीमा ६.२९ प्रतिशत, घरजग्गा २.७२ प्रतिशत, पेसागत वैज्ञानिक तथा प्राविधिक क्रियाकलाप ३.९८ प्रतिशत, प्रशासनिक तथा सहयोगी सेवा ३.९७ प्रतिशत, सार्वजनिक प्रशासन २.२४ प्रतिशत, शिक्षा १.९८ प्रतिशत, मानव स्वास्थ्य ४.७७ प्रतिशत र अन्य सेवासम्बन्धी क्रियाकलाप ३.९२ प्रतिशतले बढ्ने अनुमान गरिएको छ।

Screenshot 2025-04-30 at 18.04.41.png

चालु आर्थिक वर्ष नेपालको कुल गार्हस्थ्य उत्पादन ६१ खर्ब ७ अर्ब रुपैयाँ पुग्ने अनुमान गरेको छ। उपभोक्ता मूल्यका आधारमा नेपालको कुल गार्हस्थ्य उत्पादन ६१ खर्ब ७ अर्ब पुग्ने अनुमान कार्यालयले गरेको हो।

उपभोक्ता मूल्यका आधारमा नेपालको कुल गार्हस्थ्य उत्पादन ४.६१ प्रतिशतले बढ्ने अनुमान गरिएको छ। गत आर्थिक वर्ष नेपालको कुल गार्हस्थ्य उत्पादन ५७ खर्ब ४ अर्ब रूपैयाँ पुग्ने अनुमान गरिएको थियो।

नेपालको आन्तरिक अर्थतन्त्रका विभिन्न १८ वटा क्षेत्रहरुको मूल्य अभिवृद्धिलाई समावेश गरेर राष्ट्रिय तथ्यांक कार्यालयले राष्ट्रिय लेखा तथ्यांक प्रकाशन गर्दै आएको छ।

Screenshot 2025-04-30 at 18.04.16.png


प्रकाशित : बुधबार, वैशाख १७ २०८२१४:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend