शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

तरंगित राजनीतिले त्रसित लगानीकर्ता लयमा फर्कंदा थामियो बजार, भोलिदेखि के होला?

images
सोमबार, माघ २४ २०७८
images
तरंगित राजनीतिले त्रसित लगानीकर्ता लयमा फर्कंदा थामियो बजार, भोलिदेखि के होला?
images
images

काठमाडौं- नेप्से परिसूचक घट्ने क्रम रोकिएको छ। साताको पहिलो दिन आइतबार ४०.५७ अंकले गिरावट आएको बजार सोमबार भने थामिएको छ। गत साता बिहीबार पनि बजार १४.५८ अंकले घटेको थियो।

images
images
images

सोमबार भने बजार १५.६९ अंकले बढेर २८५१.८६ बिन्दुमा पुगेको छ। सोमबार ९५ लाख १२ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २ करोड रूपैयाँको कारोबार भएको छ। जसमा १ सय ५ कम्पनीको सेयर मूल्य बढ्दा ७० कम्पनीको मूल्य घटेको छ भने १५ कम्पनीको सेयर मूल्यमा परिवर्तन भएको छैन। 

images
images

चुनावी चर्चा र एमसीसीको विषयमा भइरहेका छलफलले समेत सेयर बजारलाई असर गरेको थियो। जसका कारण लगानीकर्ता त्रासमा हुँदा बजारमा उतारचढाव आइरहेको छ। विश्लेषकहरूले भने राजनीतिक कारण पनि केही दिन सेयर बजारमा उतारचढाव हुने तर धेरै दिन उतारचढावको अवस्था नजाने बताउँछन्। 

images
images

राजनीतिक तरंगले केही उतारचढाव हुँदा बजार तलमाथि हुने गरे पनि स्थायी रुपमा समस्या नहुने विश्लेषक विष्णु बस्याल बताउँछन्। अबको केही दिनबाटै बजार लयमा फर्कने र फागुन महिना लगानीकर्तामा उत्साह आउने उनको दाबी छ। 

गत साता समग्रमा नेप्से ९५.७५ अंकले बढे पनि साताको अन्तिम कारोबारको दिन बिहीबार १४.५८ अंकले घटेर २८७६.७५ बिन्दुमा आइपुगेको थियो। गत साताको पहिलो दिन आइतबार एकैदिन १०५.५५ अंकले बढे पनि यो साताको पहिलो दिन नै दोहोरो अंकले बजार घटेको हो। तर सोमबारको बढोत्तरीको अवस्थाले भने बजारमा सकारात्मक संकेत गरेको छ। 

गएको साता आइतबार १०५.५५ अंकले बढेको बजार सोमबार १४.४८ अंकले घटेको थियो। मंगलबार १९.२६ अंकले बढेको बजारमा त्यसपछि भने घट्ने क्रम देखिएको थियो। तर गएको साताको समग्र कारोबारले बजार उक्लने क्रमलाई नै साथ दिएको थियो। पुनः यो साताको पहिलो दिन बजार घटेपछि भने लगानीकर्ता आत्तिएका थिए। 

थामिएर उच्च बिन्दुमा पुग्ने देखिएको बजारमा उतारचढाव भइरहे पनि लगानीकर्ता अतालिनुपर्ने अवस्था नरहेको सेयर विश्लेषकहरूले बताउँदै आइरहेका छन्। विश्लेषकहरुका अनुसार अब बैंकहरूको तरलता फागुनसम्म समाधान हुने संकेत देखिएकोले पनि फागुन महिना लगानीकर्ताका लागि अवसर हुन सक्नेछ।


प्रकाशित : सोमबार, माघ २४ २०७८०९:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend