मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

सुन खरिदका लागि सिफारिस गर्दा शुल्क नलिन राष्ट्र बैंकको निर्देशन

मंगलबार, वैशाख १६ २०८२
सुन खरिदका लागि सिफारिस गर्दा  शुल्क नलिन राष्ट्र बैंकको निर्देशन

राष्ट्र बैंकको विदेशी विनियम व्यवस्थापन विभागले सूचना जारी गर्दै सुन खरिदका लागि वाणिज्य बैंकमा सिफारिस भएका व्यवसायीसँग शुल्क वा दस्तुर लिन नपाउने व्यवस्था गरेको हो।

काठमाडौं- वाणिज्य बैंकबाट सुन खरिदका लागि सिफारिस गर्दा कुनै पनि शुल्क तथा दस्तुर लिन नपाउने भएका छन्।

राष्ट्र बैंकको विदेशी विनियम व्यवस्थापन विभागले सूचना जारी गर्दै सुन खरिदका लागि वाणिज्य बैंकमा सिफारिस भएका व्यवसायीसँग शुल्क वा दस्तुर लिन नपाउने व्यवस्था गरेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघ वा अन्य संघले सिफारिस गरेका व्यवसायीहरुसँग वाणिज्य बैंकले शुल्क लिन नपाउने भएका हुन्। सुन आयात तथा बिक्री वितरण सम्बन्धी कार्यविधि, २०६८ को व्यवस्था बमोजिम राष्ट्र बैंकले सुन सिफारिस गरेका व्यवसायीसँग शुल्क नलिन राष्ट्र बैंकले निर्देशन दिएको हो। 

राष्ट्र बैंकको यस निर्णयबाट बैंकहरुको आम्दानी घट्ने भएको छ। बैंकहरुको आम्दानी संकुचित भइरहेको समयमा राष्ट्र बैंकले थप बोझ थपिदिएको छ। खराब कर्जामा वृद्धि र प्रोभिजिनिङ बढेकाले बैंकहरुको वित्तीय विवरणमा उच्च दबाबमा छ।

अर्थतन्त्र सुस्त भएको र पुँजीकोषमा चाप रहेकाले बैंकहरुले आफ्नो आम्दानी बढाउन नसकिरहेको समय राष्ट्र बैंकले थप आम्दानी घटाउने दिशामा काम गर्नुले बैंकिङ प्रणाली धरासायी बन्दै गएको छ।


प्रकाशित : मंगलबार, वैशाख १६ २०८२१७:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend